+
+

बैंकिङ कसुर मुद्दामा विनोद घिसिङ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १३:५५

१४ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त विनोद लामा भन्ने विनोद घिसिङलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ४३ वर्षीय घिसिङलाई आज बिहान काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

उनीमाथि बैंकिङ कसुरका ३ वटा मुद्दा थियो । ती मुद्दामा २०७८ पुस २७ गते उच्च अदालत पाटनले २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरे पनि उनी फरार थिए ।

उनलाई आज बिहान जोरपाटीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको सीआईबीका उपनिर्देशक श्याम कुमार महतोले जानकारी दिए ।

उनले मेघा बैंकको बौद्ध शाखामा रहेको आफ्नो खातामा पैसा नभए पनि विभिन्न व्यक्तिलाई चेक काटेर झुक्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?