+
+

गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेका एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १६:०७

१४ असार, काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं।९, शक्तिखोरका ४१ वर्षे रामकुमार प्रजा छन् ।

मकवानपुरको हेटौंडाबाट पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन पठाएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका उपनिर्देशक श्यामकुमार महतोका अनुसार पक्राउ परेका प्रजा ठुलो कान्छा एवं सागर प्रजा भनिने विन्दर सिंह प्रजा समेत संलग्न भएको संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग (आखेटोपहार) राख्ने, खरिद र बिक्री तथा ओसारपसार गरेको मुद्दाका आरोपी हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?