+
+

ब्राउन सुगरसहित युवक र युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १८:४९

१७ असार, जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट एक युवक र एक युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय आरिफ हुसेन रहेका जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको उनले बताए ।

उनका अनुसार दुबैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको छ । संगै हिंडिरहेका चौधरी र हुसेनमाथि शंका लागि शरीर खानतलाशी गर्दा ब्राउन सुगर फेला परेको बस्नेतले बताए । पक्राउ परेका दुबै जनाबिरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?