
१७ असार, काठमाडौं । गैंडा सिकारी समूहका नाइके रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।
यसअघि पनि गैँडा सिकारी गरेको अभियोगमा १५ वर्ष जेल सजाय भुक्तान गरिसकेका उनीहरुले पुनः चितवन राष्ट्रिय निकुञ्जको बादरझुला क्षेत्रमा चारवटा गैँडा मारेको ब्यूरोका एसपी श्यामकुमार महतोले अनलाइनखबरलाई बताए ।
घटनापछि फरार रहेका उनीहरुमध्ये रामकुमारलाई १४ असार र बमबहादुरलाई १६ असारमा भिमफेदी र मलेखुबाट पक्राउ गरिएको उनले बताए । उनका अनुसार चितवनस्थित निकुञ्जसँगको सहकार्यमा अपरेशन चलाएर उनीहरुलाई त्रफाउ गरिएको हो ।
रामकुमार र बमकुमार दाजुभाइ हुन् । राजकुमारमाथि २०५७ सालदेखि २०६० सालसम्म चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी दलदले क्षेत्रबाट २८ वटा गैंडा मारेर खाग विक्री गरेको आरोप थियो ।
त्यसतिवेला अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा नेट नोटिस जारी भएको थियो । र, इन्टरपोलको सहयोगमा सीआईबीले मलेसियाबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
प्रतिक्रिया 4