+
+

धानबालीमा क्षति व्यहोरेका गोरखाका ४८६ किसानलाई ४० लाख राहत माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १४:१४

१९ असार, गोरखा । गत बर्ष असोजमा बेमौसमी बर्षाका कारण धानबालीमा क्षति व्यहोरेका गोरखाका किसानलाई राहत वितरण प्रक्रिया अघि बढेको छ । राहत रकम माग गर्दै राहत रकम निर्धारण समितिले गृह मन्त्रालयमा पत्राचार गरेको छ ।

विभिन्न पालिकाका कुल ४८६ जना पीडित किसानका लागि ३९ लाख ८२ हजार ७४५ राहत रकम माग गरिएको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

पालुङटार नगरपालिकाका ८६ जना किसानका लागि ९ लाख २९ हजार, आरुघाट गाउँपालिकाका ९५ किसानका लागि ६ लाख ८१ हजार र सिरानचोकका ४१ किसानका लागि ५ लाख ३८ हजार रुपैयाँ राहत माग गरिएको उनले जानकारी दिए ।

त्यस्तै शहीद लखन गाउँपालिकाका ४५ किसानका लागि ४ लाख ६८ हजार, बारपाक सुलिकोटका ९८ किसानका लागी ४ लाख ३२ हजार, भीमसेन थापाका ५१ किसानका लागि ४ लाख ९९ हजार र अजिरकोट गाउँपालिकाका ७० किसानका लागि ३ लाख ८५ हजार रकम माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

‘चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाबाट निवदेन आएन, गोरखा नगरपालिकाको आज टुंग्याउछौ,’ समिति संयोजक भण्डारीले भने । बेमौसमी बर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ अनुसार रकम वितरण गर्न लागिएको उनले जानकारी दिए ।

सम्बन्धित पालिकामा रहेको स्थानीय विपद व्यवस्थापन समितिबाट सिफारिस भई आएका किसानका लागि माग गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?