+
+

गर्भवतीको उपचारमा लापरवाही गरेको आरोप, प्रदेशसभाले छानबिन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १५:२७

२१ असार, जनकपुरधाम । मधेश प्रदेश सभाले परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै घटना बारे छानबिन गर्ने भएको छ ।

प्रदेश सभाको बैठकमा सांसदहरुले प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकले गम्भीर लापरबाही गरेको भन्दै कारबाहीको माग गरेपछि सभामुख सरोजकुमार यादवले छानबिन गर्न महिला, बालबालिका तथा सामाजिक न्याय समितिलाई निर्देशन दिएका छन् । सभामुख यादवले घट्नाको छानबिन गरी १२ दिनभित्र प्रतिवेदन पेश गर्न पनि भनेका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका २ स्थायी घर भई जनकपुरधाम उपमहानगरपालिका बस्दै आएकी विभा चौधरीको पित्तथैलीको शल्यक्रिया गर्दा चिकित्सकले लापरबाही गरेको सांसदहरुको आरोप छ ।

चिकित्सकको सल्लाह बिना नै लक्की अल्ट्रासाउण्डबाट गराएको भिडियो एक्सरे रिपोर्ट बोकेर अस्पताल पुगेकी चौधरीको शल्यक्रिया गरेपछि स्वास्थ्यमा समस्या देखिएको थियो । चौधरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

१२ असारमा अस्पताल भर्ना भएकी उनको १३ असारमा चिकित्सक डा. अमरेश कर्ण, डा. राजेश साह र आश्विनी यादवले शल्यक्रिया गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?