+
+

भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १७:१५

२१ असार, भक्तपुर । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा एक जनाको मृत्‍यु भएको छ ।

मंगलबार दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घटना हुँदा युवतीको मृत्‍यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता लोकबहादुर जीसीले बताए ।

प्रहरी प्रवक्ता जीसीका अनुसार मृत्‍यु हुनेमा रामेछाप घर भई काठमाडौंको जडिबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छिन् ।

यस्तै स्कुटी चालक रामेछापको दोरम्बा गाउँपालिका-५ घर भई जडिबुटीमा बस्‍ने १८ वर्षीय सिद्धार्थ मगर भने घाइते भएका छन् । उनको उपचार भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक काभ्रेपलान्चोक तिमाल गाउँपालिका -५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?