+
+

हिमालयन र सिभिल बैंकको प्राप्ति सम्झौता शुक्रबार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १६:३५

२३ असार, काठमाडौं । हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्र (एमओयू)मा शुक्रबार हस्ताक्षर हुने भएको छ ।

शुक्रबार २ घण्टा मात्रै सेयर कारोबार हुने भएकोले कारोबार समयपछि काठमाडौंको एक होटलमा सम्झौतापत्रमा हस्ताक्षर हुने एक सञ्चालकले बताए ।

बिहीबार बसेको हिमालयन बैंक सञ्चालक समितिको बैंठकले सिभिल बैंकलाई प्राप्ति गर्न सम्झौता गर्न स्वीकृत प्रदान गरेको छ । सिभिल बैंकले पनि बिहीबार नै सञ्चालक समिति बैंठक बोलाएको छ ।

संयुक्त कारोबार हिमालयन बैंकको नामबाट गर्ने र हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव हिमालयन बैंकको बोर्ड बैठकले स्वीकृत गरेको हो । हिमालयन बैंकमा हाल १०० कित्ता सेयर रहेको सिभिल बैंकमा सेयरधनीको मर्जरपछि ८१ कित्ता सेयर हुने अनौपचारीक सहमति भएपनि एमओयूमाको ड्राफ्टमा भने उक्त कुरा समावेश नभएको स्रोतले बतायो ।

कर्मचारी समायोजन, सञ्चालक समिति, उच्च व्यवस्थापन कोर बैंकिङ सिस्टम लगायतका विषय के हुने भन्ने सहमति नभएको र अहिलेसम्म डीडीए भएको छैन । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावलीले सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा आउने सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) भन्दा मर्जर गर्न लागेको रेसियो १० प्रतिशत भन्दा तलमाथि भएमा डीडीए रिर्पोटअनुसार हुनपर्ने व्यवस्था गरेको छ ।

हिमालयन बैंक सञ्चाल समितिको बैठकले १००ः८१ प्रतिशत स्वाप रेसियो हुने सहमति गर्दा डीडीएमा १० प्रतिशत भन्दा बढीले तलमाथि भएमा के गर्ने प्रश्न केही सञ्चालकले उठाएका थिए । तर, बैंकका अध्यक्ष सहितका मर्जर समितिमा रहेका सदस्यले त्यसमा मिलाउने भनेपछि एमओयूका लागि स्वीकृत प्रदान गरेको एक सञ्चालकले बताए ।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो । १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भएपनि हिमालयन बैंकको साधारण सभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।

उक्त मर्जर प्रक्रिया असफल भएपछि नेपाल इन्भेष्टमेन्ट बैंंकले मेगा बैंकसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । हिमालयन बैंकले पनि सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौता गर्न तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?