News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश र नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
- बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गर्दै समूह विजेता बन्दा नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो ।
- समूह बी बाट भारत र पाकिस्तानले सेमिफाइनल स्थान पक्का गरिसकेका छन् ।
५ असोज, काठमाडौं । बंगलादेश र नेपाल साफ यू-१७ च्याम्पियनसिप को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
श्रीलंकामा भइरहेको च्याम्पियनसिप अन्तर्गत आइतबार समूह ए को अन्तिम खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकालाई ४-० ले पराजित गरेपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो ।
ब्गलादेशको जितमा रिफात काजीले ह्याट्रिक गरे भने श्रीलंकाका इरुसाले एक आत्मघाती गोल गरे ।
समूह ए मा दुवै खेल जितेको बंगलादेश ६ अंक जोडेर समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यस्तै नेपाल ३ अंकसहित समूह उपविजेता बनेर सेमिफाइनल पुग्यो । दुवै खेल हारेको घरेलु टोली श्रीलंका अंकविहिन हुँदै समूह चरणबाटै बाहिरियो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-० ले पराजित भएपछि सेमिफाइनल पुग्न अन्तिम खेलको नतिजा कुर्नुपर्ने स्थिती बनेको थियो ।
समूह बी बाट यसअघि नै भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । तर समूह विजेता र उपविजेताको टुङ्गो लाग्न बाँकी छ । भारत र पाकिस्तानबीच समूह चरणको अन्तिम खेलपछि समूह बी को पनि विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।
प्रतिक्रिया 4