+
+

न्यु जेनिथ र ग्रान्डीलाई ऋत कप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १६:५०

२३ असार, काठमाडौं । न्यु जेनिथ र ग्रान्डी स्पोर्ट्स एकेडेमीले ऋत एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

न्यु जेनिथ छात्रतर्फ तथा ग्रान्डी छात्रातर्फ च्याम्पियन बने । बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको छात्रको फाइनलमा न्यु जेनिथले इन्साइट भिजनलाई १३–८ ले पराजित गर्‍यो । न्यु जेनिथको जितमा सुसन मगरले ७ अंक योगदान गरे । आयोजक ऋतले एन्जल्स हार्टलाई १४–१२ ले हराउदै तेश्रो भयो ।

छात्राको उपाधि भिडन्तमा समिरा घिसिङको ४ अंक सहयोगमा ग्रान्डीले एसिया प्यासिफिकलाई ११–५ ले पाखा लगायो । युनिकले बलर्स एकेडेमीमाथि ८–५ को जित दर्ता गर्दै तेश्रो स्थानमा रह्यो ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययन गर्न चाहे ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने ऋतका सिइओ सिद्धार्थ लामाले जनाएका छन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुसन र समिरा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, ऋतका को–ओर्डिनेटर खेमनाथ पौडेल, उप प्राध्यापक डा. चन्द्रमान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा १६ गरी ९० टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?