+
+

थप २ जनामा हैजा, संक्रमितको संख्या २३ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १८:५३

२३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए ।

कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं महानगरपालिका–१३ का ५८ वर्षीय पुरुषमा हैजा पुष्टि भएको हो ।

असार २ गते काठमाडौंको बागबजार क्षेत्रका दुई जनामा हैजा पुष्टि भएको थियो । बिहस्बार थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।

निर्देशक डा. दासका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म हैजा देखिएकामध्ये २० जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले तीन जनाको उपचार चलिरहेको छ ।

काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, कागेश्वरी मनहरा, टेकु, ग्वार्को, भक्तपुरको चागुनारायण नगरपालिका, मकवानपुरको हेटौंडामा हैजाका संक्रमित भेटिएका छन् ।

हैजाको परीक्षणका लागि डिल्लीबजार र घट्टेकुलोमा सेल्फ टेस्टिङ बुथ राखिएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयले झाडापखालाका बिरामी भएका अस्पतालमा परीक्षणका लागि किटको व्यवस्था गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?