+
+

टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १३:२३

२४ असार, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का अनुसार ट्रफी टुर आज (शुक्रबार)बाट सुरु भएको छ ।

विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पुर्‍याउने यात्रा सुरु भएको हो । जसलाई ३० अगस्टमा काठमाडौं ल्याइने आइसीसीले जनाएको छ ।

ट्रफी नेपालको कुन कुन ठाउँमा पुर्‍याइने भन्ने बारे खुलाइएको छैन । ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिनेछ ।

नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो । यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?