+
+

कांग्रेस हुती नभएको पार्टी हो : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १४:५२

२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाएका छन् ।

शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे ।

‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि कांग्रेस त हेरेको हेर्‍यै ।’ ओलीले भने, ‘कांग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो । प्रधानमन्त्रीससँग मन्त्री निकाल्ने हुति छ ?’

माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको बताए । ‘के का लागि हतियार उठाएको थियो । त्यसबेला देखि सोध्दै आएको छु । जवाफ दिन सकेको छैन । महान जनयुद्ध के पाएर छोडे त?’ ओलीले भने ।

जनआन्दोलन २ को अन्तिम दिन बैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधनको ड्राफ्ट आफूले तयार गरेको ओलीले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?