+
+

बुढीगंगाको मेयर र उपमेयरमा एमाले उम्मेदवारको अग्रता फराकिलो बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते ११:००

२५ असार, धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का रामबहादुर बानियाँले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिएका बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउँदै लगेका हुन् ।

३९६२ मतको गणना सकिंदा बानियाँ ११५२ मतान्तरले अघि छन् । बानियाँले २४४३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १२९१ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्काले २४१७ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १३१२ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

अहिलेसम्म वडा नम्बर १, २, ९ र १० को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने गणना जारी रहेको वडा नम्बर २ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् । अहिले वडा नम्बर ३ र ८ को गणना भइरहेको छ ।

बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?