+
+

नागरिकता समस्या समाधान गर्न भारतसँगको खुला सीमा बन्द गर्नुपर्छ : प्रेम सुवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १३:४९

२९ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि विरोधको सूचना पेश गर्दै उनले भने, नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ । र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ । र, यसको सिमानालाई नियमन गर्न जरुरी छ’ उनले भने ।

सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरुको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

उनले नेपालीसँग विवाह गरेका विदेशी नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तर्वार्ता उतीर्ण गरेपछि कृत्रिम नागरिकता दिने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

नागरिकता विधेयक देशको सार्वभौमिकतासँग समेत सम्बन्धित भएको हुँदा स्थानीय तहका जनतासँग समेत छलफल गरी सुझाव लिएर मात्र यसलाई अगाडि बढाउनुपर्ने सांसद सुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?