+
+

सरकारले गरेका कामको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण पनि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १४:०४

२९ असार, काठमाडौं । सरकारले एक वर्षमा गरेका कामको सूची सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको एक वर्षे कार्यकाल पुगेको अवसरमा प्रधानमन्त्रीको सचिवालयले निकालेको महत्वपूर्ण कामको सूचिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई समेत राखिएको छ ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सम्पन्न,’ विवरणमा लेखिएको छ, ‘दुई देशबिचको सम्बन्धमा देखापरेका अविश्वास र संशय मेटाएर हार्दिकताको सम्वन्ध विस्तार ।’

बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत जेठमा लुम्बिनी भ्रमणमा आएका थिए । इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गरेका उनलाई देउवाले लुम्बिनीमा नै पुगेर स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले निकालेको महत्वपूर्ण कामको सूचि :

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एक बर्षमा गरेका केही महत्वपूर्ण कामहरु :

पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतीमा अघि बढाउन सफल ।
स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न ।

प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकता हुनेउद्घोषसहित खोप लगाउन योग्य सबै नागरिकलाई पुर्ण खोप दिलाउन सफल ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलयमान बनाउन सफल ।

सबै मुलुकसँग प्रगाढ सम्वन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अबलम्बन ।

आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाहरूको उपचार व्यवस्था, अंगभंग भएकाहरूलाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था ।

गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा वितरण गर्न गरिव घर परिचय पत्रको व्यवस्था । ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, वाढी पहिरो, प्राकृतिक प्रकोप जस्ता विपतको बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था ।

संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेराजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था ।

क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णय ।

अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहात दिने घोषणा ।

युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा ।

राष्ट्रिय गौरवका आयोजनाहरुको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मुल्यांकन संयन्त्र निर्माण ।

सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउनेगरी परियोजनाहरु अघि बढाउने रणनीति तय । नेपाली उत्पादनलाई प्रोत्साहन दिन मेक इन नेपाल कार्यक्रम घोषणा ।

विभिन्न क्षेत्रका महिलाहरुको माग र आन्दोलनलाई ध्यान दिँदै माग अनुसार सेनेटरी प्याडमा बजेट मार्फत भन्साभर छुट दिने घोषणा ।\

स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम ।

जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तय ।

सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति लागु ।

लगानीमैत्री वातावरणको सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गर्न सफल ।

कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कामलाई शिघ्रता ।

बाढी, पहिरो, डुबानको क्षतिबाट उद्धार, जनतालाई तत्काल राहात एवं पुर्ननिर्माणका कामहरु चुस्त रुपमा सम्पन्न

द्वन्द्वकालीन घटनामा छानबिन, पीडितलाई राहत एवम् परिपुरणका लागि संक्रमणकालीन न्यायिक संयन्त्रको क्रियाशील ।

अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी संसदवाट अनुमोदन ।

भूमि आयोगको गठन गरी भुमिहिन तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको थालनी । पाँचलाख भूमिहिनलाई पुर्जा वितरण गर्ने घोषणा ।

ज्येष्ठ नागरिकलाइ ६८ बर्षमै भत्ता उपलब्ध ।

‘किसानसँग सरकार’ को नारा सहित कृषिमा रुपान्तरणकारी योजना र बजेटमा उल्लेख्य वृद्धि

किसानलाइ पेन्सन सहित प्रोत्साहन र राहतका योजना ।

जटिल प्रकारका रोग लागेका नागरिकलाई मासिक पाँच हजार रुपैयाँ राहत भत्ता ।

गरिबीको रेखामुनि रहेका बिरामीका लागि ९८ प्रकारका औषधि निःशुल्क ।

बैदेशिक रोजगारीवाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुई लाखलाई रोजगारीको सुनिश्चितता ।

दुर्गम २५ जिल्लाका सुत्केरीलाई पाँच हजार पोषण खर्च ।

अन्तराष्टिय बजारमा पेट्रोलियम पदार्थको मुल्य वढिरहेको सन्दर्भमा कर कटाएर भए पनि पेट्रोलियम पदार्थको मुल्य घटाउँदै मुल्यबृद्धि नियन्त्रणको प्रयास ।

प्रमुख प्रतिपक्षी एमालेले करिव ९ महिनादेखि चल्न नदिएको संसद अवरोधको अन्त्य ।

राष्ट्रसेवक कर्मचारीको मनोवल उकास्न १५ प्रतिशतले तलव वृद्धि ।

राष्ट्रहितलाई ध्यानमा राखेर अमेरिकाको ‘स्टेट पाटनरसिप प्रोग्राम’ को कार्यक्रमहरु अघि नबढाउने निर्णय ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सम्पन्न । दुई देशबिचको सम्बन्धमा देखापरेका अविश्वास र संशय मेटाएर हार्दिकताको सम्वन्ध विस्तार ।

अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण तथा नेपालका प्रधानसेनापतिको अमेरिका भ्रमण ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा परराष्ट्र मन्त्री र विदेश विभाग प्रमुखको नेपाल भ्रमण तथा एक चीन नितिप्रति नेपाल सरकारको प्रतिवद्धता ।

अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी छिमेकी मुलुक भारतमा विजुली बिक्री सुरु ।

नागरिकताविहीनताको अन्त्य गर्न नागरिकता विधेयक संसदमा पेश ।

देउवा सरकार गठनपछि संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता । निरङकुशताको चिन्ता र आशंका अन्त्य भई आशाको रक्तसञ्चार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?