+
+
Shares

नयाँ निर्मातालाई अधिकार हस्तान्तरण गरेर ‘प्रसाद २’लाई छायांकनमा लैजाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १६:१९
फाइल तस्वीर

काठमाडौं । पारिश्रमिक र रचनात्मक असमझदारीका मुद्दा टुंग्याउँदै फिल्म ‘प्रसाद २’लाई पुनः छायांकन सेटमा लैजाने तयारी भएको छ ।

सुवास थापा प्रोडक्सनबाट फिल्मको स्वामित्व केशव पाण्डेको कम्पनीमा हस्तान्तरण गर्दै छायांकन सुरु गर्न लागिएको हो । अभिनेता विपिन कार्की र लेखक सुशील पौडेलले यी मुद्दालाई टुंग्याएर जतिसक्दो चाँडो फिल्म सुटिङमा लैजान गृहकार्य भएको जनाए ।

‘केशव पाण्डे प्रोडक्सनको स्वामित्व हस्तान्तरण गरेपछि पुनः कलाकारसँग सम्झौता गरेर अघि बढ्न हामी तयार भएका छौं,’ कार्कीले अनलाइनखबरसँग भने, ‘निर्माताको क्षतिको मर्मलाई बुझेर हामी लचिलो बनेका हौं । अब अझै एक महिना कुर्न तयार छु ।’

नयाँ कम्पनीसँग पुनः सम्झौता गरेर आफू तयार भएको सन्देश पठाइएको कार्कीले जानकारी दिए । अघिल्लो कम्पनी सुवास थापा प्रोडक्सनसँग अरु प्रोजेक्टमा सहकार्य हुनसक्ने भए पनि ‘प्रसाद २’ मा त्यो सम्भावना सकिएको उनले बताए ।

‘फिल्मको पात्रमा मेरो इमोसन पनि जोडिएकाले म लचिलो बनेको छु,’ उनले भने, ‘अब आउने प्रोजेक्टलाई असर नपर्ने गरी हामी काममा अघि बढ्नुपर्छ ।’

यसैबीच, पटकथा लेखक पौडेलले पनि लगातारको छलफलपछि असमझदारीका मुद्दा टुंग्याएर छायांकनमा जान आफूहरु जुटेको बताए । ‘कि सुवासजीले केशवजीलाई अधिकार हस्तान्तरण गर्नुपर्‍यो कि उहाँ आफैंले पैसा निकाल्नुपर्‍यो । सोहीअनुसार हामी अघि बढ्ने तयारीमा छौं । अन्य व्यक्तिगत असमझदारीका कुरा त मिलाए मिल्ने कुरा हुन्,’ उनले भने, ‘साथीहरुले गलत सन्देश गएको महसुस गर्नुभएको छ । यो मनन् गरेर अघि बढ्ने कुरा भएको छ ।’

गत साता पारिश्रमिक विवाद चर्किएपछि कास्कीको ल्वाङ गाउँ पुगेका कलाकार र क्रिउ काठमाडौं फर्किएका थिए । अन्तिम समयमा छायांकन रोकिंदा निर्मातालाई ६० लाखभन्दा बढी घाटा लागेको छ ।

फिल्ममा विपिनसहित नम्रता श्रेष्ठ, राज कटुवाल र अर्पण थापाको मुख्य भूमिका छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?