+
+

कैलालीमा स्वच्छता कायम नगरेको भन्दै २७ वटा उद्योगविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १८:५४

६ साउन, धनगढी । कैलालीमा खाद्य स्वच्छता कायम नगरेको भन्दै खाद्य पदार्थ उत्पादन गर्ने २७ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले खाद्य तथा दाना ऐनअनुसार संकलन गरिएका नमूना प्रतिकुल पाइएपछि ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको जनाएको छ ।

मःम, चाउमिन, बिस्कुट, विभिन्न ससलगायतका खाद्य पदार्थ उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका क्षेत्रका ७, गोदावरी नगरपालिकाका ७, लम्कीचुहा नगरपालिकाका ५, टीकापुर नगरपालिकाका ३, कैलारी गाउँपालिका क्षेत्रका ३, घोडाघोडी र गौरीगंगा नगरपालिकाका १÷१ उद्योगविरुद्ध मुद्दा परेको छ ।

ती उद्योगहरुको लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर देखिएका कारणले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मुद्दा दायर गरिएको प्रमुख दाहालले बताए ।

कार्यालयले गत वर्ष बजार अनुगमनका क्रममा होटल, रेस्टुरेन्ट, खाद्य तथा दाना उद्योग समेत गरेर ४० वटा उद्योगबाट अखाद्य वस्तु बरामद गरेर नष्ट गरेको बताएको छ ।
प्रयोगशालामा प्राप्त हुने नमूनाहरु विश्लेषण दस्तुर बापत २७ लाख ९० हजार रुपैयाँ राजश्व समेत संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?