+
+

दरौंदी र चेपेबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १६:२३

८ साउन, गोरखा । दरौदी र चेपे नदीबाट उत्पादन हुने १२० मेगावाटको विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोड्ने तयारी भएको छ ।

ती विजुली सिरानचोक, गोरखा र पालुङटार हुँदै तनहुँको मार्कीचोकमा रहेको सव स्टेशनबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने केराबारी न्यूमस्र्याङ्दी १३२ केभी दरौदी करिडोर प्रशारण लाइन आयोजनाका संयोजक कृष्णराज खनालले बताए ।

उनका अनुसार सिरानचोक गाउँपालिका–१ भिरसिङ स्थित कुदुङबारीमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ । सवस्टेशन निर्माणका लागि सो क्षेत्रमा ४२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । ‘दरौदी र चेपेको बिजुली त्यही सवस्टेशनमा जम्मा हुन्छ’ खनालले भने, ‘त्यहाँबाट गोरखा–पालुङटार हुँदै तनहुको मार्कीचोकमा लान्छौं ।’

आयोजना निर्माणका लागि गोरखातर्फ करिव ७८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ । ‘कतै व्यक्तिगत कतै सरकारी जग्गा लिनुपर्छ, त्यो प्रक्रिया अघि बढाइसकेका छौं, व्यक्तिगत जग्गाको मुआब्जा निर्धारणको प्रक्रिया पनि सुरु भइसकेको छ,’ आयोजना संयोजक खनालले भने ।

करिव ५० करोड रुपैयाँको लागतमा निर्माण हुने आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी स्किपर लिमिटेड जेभी ह्विथ स्यामा पावर लिमिटेडले पाएको छ । तीन बर्षमा काम सक्ने गरी २०७८ साल असार २७ गते ठेक्का सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?