+
+

साफ यू-२० च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १७:२१

८ साउन, काठमाडौं । सोमबारदेखि भारतको भुवनेश्वरमा सुरु हुने साफ यू-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्दैछ ।

राउण्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा नेपालको लक्ष्य माल्दिभ्स विरुद्ध ३ अंक जोड्नु रहेको छ । नेपाल र माल्दिभ्स बीचको भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४ बजे हुनेछ ।

नेपालको लक्ष्य ३ अंक

भुवनेश्वरमा आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका कप्तान आयुष घलानले प्रतियोगिताको लागि तयारी भएको र जितका लागि खेल्ने बताए । ‘यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेका छौँ । हामी ३ अंकका लागि खेल्नेछौँ । सिनियर राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेलिसकेको आयुषले भने ।

यस्तै नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भने साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् । प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको तयारी पुरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका  हुन् ।

करिब २ महिनादेखी टोलीले तयारी थालेको र यस टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताए । कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखी उमेर समुहका प्रतियोगिता नभएका कारण यस पटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो ।

उनले पछिल्लो समय नेपालसहित दक्षिण एसियामै उमेर समूहको टिममा खासै प्रतियोगिता नभएकोले विपक्षीको बारेमा भने धेरै जानकारी नभएको बताए । ‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समुहका खासै प्रतियोगिता भएको छैन्,’  प्रशिक्षक केसीले भने ‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौं ।’

नेपाली टिममा सिनियर टिमका सदस्य आयुषसहित ए डिभिजन लिग खेलेका सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलानसहित ए डिभिजनमा खेलेका कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई, दिपेश गुरुङ लगायत शीर्ष श्रेणीको लिग खेलेका अनुभव भएका खेलाडी समेत छन् ।

माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ । सोमबारै श्रीलंका र बंगलादेशबीच पनि खेल हुनेछ ।

नेपाल र माल्दिभ्स यो स्तरमा यसअघि दुई पटक खेलेका छन् । जसमा नेपालले एक खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।

साफ यू-२० च्याम्पियनसिपमा नेपाल र आयोजक भारतसहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिमले उपाधिका लागि खेल्नेछन् ।

नेपालले ११ साउनमा श्रीलंका, १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि अंकतालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्नेछन् ।

उमेर समूह परिवर्तन

यसअघि यू-१९ र यू-१८ को नामबाट हुँदै आएको प्रतियोगिता चौथो संस्करणसम्म आइपुग्दा यू-२० को नामबाट हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जित्दा तेस्रो संस्करणको उपाधि भारतले जितेको थियो ।

फिफाको प्रतियोगितामा एसियाली टिमको पनि प्रतिस्पर्धात्मक बनाउन एएफसीले एसियाली उमेर समूहको प्रतियोगितामा परिवर्तन गरेको छ र दक्षिण एसियालीमा पनि उमेर समूह परिवर्तन गरिएको छ ।

सन् २०१५ मा पहिलो पटक नेपालमा आयोजना हुँदा यू-१९ च्याम्पियनसिप भएको थियो । जसमा नेपालले भारतलाई हराएर उपाधि जितेको थियो । त्यसको दु२ वर्षपछि भुटानमा यू-१८ को नामबाट भयो । सिंगल राउण्ड रोविन लिगको आधारमा भएको उक्त प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर सिधै च्याम्पियन बनेको थियो ।

सन् २०१९ मा तेस्रो संस्करण नेपालमै आयोजना भएको थियो र नेपालले ह्याट्रिक गर्ने लक्ष्य राखेको थियो । तर नेपाल समूह चरणबाटै बाहिरियो । घरेलु मैदानमा नेपालले माल्दिभ्ससँग बराबरी खेल्दा भुटानसँग पराजित भएको थियो ।

फाइनलमा भारतले बंगलादेशलाई पराजित गरेर उपाधि जितेको थियो ।

नेपाली टिम:

गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेण्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा

मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड : रोहित सुब्बा, निरन्जन मल्ल, रोहन खड्गी

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?