+
+

रोनाल्डोले म्यानचेस्टरका प्रशिक्षक टेन हागलाई भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १६:२५

१० साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरका बारेमा प्रशिक्षक एरिक टेन हागसँग कुराकानी गर्ने भएका छन् ।

३७ वर्षीय रोनाल्डोले नयाँ सिजन सुरु हुनुअघि नै क्लब छाड्न चाहेका छन् । उनी युनाइटेडसँगै प्रिसिजन टुरमा अष्ट्रेलिया पनि गएनन् ।

रोनाल्डोले क्लब छाड्ने मनस्थिति बनाए पनि प्रशिक्षक हागले भने रोनाल्डो बिक्रीका लागि नभएको बताउँदै आएका छन् । रोनाल्डोले रियल म्याड्रिड र युभेन्टसमा खेलेर फेरि युनाइटेड फर्किएका थिए । उनको सम्झौता अझै एक वर्ष बाँकी छ ।

अष्ट्रेलिया भ्रमणमा निस्किनुअघि हागले रोनाल्डोसँग कुराकानी भएको बताएका थिए । ‘म यति कुरा चाहीं पक्का भन्छु, हामी बिच राम्रो कुराकानी भएको छ ।’

रोनाल्डोले अहिले युनाइटेडमा नभइ पोर्चुगलको राष्ट्रिय टोलीको हेडक्वार्टरमा प्रशिक्षण गरिरहेका छन् ।

रोनाल्डो क्लबका लागि सर्वाधिक गोल कर्ता हुन् । त्यस्तै प्रिमियर लिगमा पनि उनी सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा पर्छन् । तर युनाइटेड च्याम्पियन्स लिगको आगामी सिजनमा छनोट नभएपछि रोनाल्डो निराश छन् । युनाइटेडले पछिल्लो सिजनमा छैटौं स्थानमा रहँदै प्रिमियर लिग सकाएको थियो ।

पाँच पटकका बालोन डिओर अवार्ड विजेता रोनाल्डोले युनाइटेड छाड्ने मनस्थिति बनाएको चर्चा चलेसँगै चेल्सी, बार्यन म्युनिख र एथ्लेटिको म्याड्रिडले चासो देखाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?