+
+

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणका लागि बजेट सुनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १०:५०

११ साउन, काठमाडौं । त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणका लागि ४८ करोड २० लाख रूपैयाँ बजेट सुनिश्चित भएको छ ।

सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई स्रोत सुनिश्चित भएको पत्र पठाएको हो ।

क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ४८ करोड २० लाख ६१ हजार ६२९ रुपैयाँ माग गरेको थियो । अर्थ मन्त्रालयले ४८ करोड २० रूपैयाँ सुनिश्चित गरेको जानकारी विभागलाई गराएको छ ।

आवश्यक रकम उपलब्ध हुने भएपछि दुरावस्थामा रहेको क्याम्पस पुनर्निर्माणको बहुवर्षीय आयोजना अघि बढ्ने भएको छ ।

२०७२ सालको भूकम्पका कारण क्याम्पस थप जीर्ण बन्दै गएको छ ।

क्याम्पसलाई जोगाउन सर्वत्र आवाज उठिरहेको थियो । प्राज्ञहरूको टोलीले क्याम्पसलाई जोगाउन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफलसमेत गरेका थिए । केही समयदेखि विद्यार्थीले ‘सेभ त्रिचन्द्र’ अभियानसमेत चलाइरहेका थिए ।

भूकम्पले क्षति पुर्‍याएका अन्य केही ऐतिहासिक संरचनाको पुनर्निर्माण भए पनि त्रिचन्द्रको जीर्णोद्वार हुन सकेको छैन ।

यो पनि पढ्नुस्-

त्रिचन्द्र क्याम्पसलाई कसरी जोगाउने ? प्राज्ञहरुसँग प्रधानमन्त्रीले गरे यस्तो प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?