+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकार नेपाललाई एसियाकै उदाहरणीय मुलुकका रुपमा स्थापित गर्न चाहन्छ : ज्ञानेन्द्र कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १२:२७

११ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल दक्षिण एसियामै उदाहरणीय मुलुकका रुपमा उभिने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।

‘यो सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण सम्बर्द्धन गर्दै त्यतिमा मात्र सीमित नभएर एउटा खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एसियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहन्छ’ उनले भने, ‘त्यस दिशामा सबै मिडिया जगतको सहयोग यो सरकारले प्राप्त गर्ने भन्ने विश्वास छ ।’

मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध रहेको पनि बताए ।

उनले स्वस्थ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त रहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?