+
+

कुलदिपले भारतीय क्लबबाट खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १०:३४

१४ साउन, काठमाडौं । डिफेन्डर कुलदिप कार्की भारतीय क्लब रेल्वे एफसीमा अनुबन्धित भएका छन् ।

ए डिभिजन क्लब जावालाखेलबाट खेल्दै आएका कुलदिपलाई  एक सिजनको लागि अनुबन्ध गरिएको रेल्वेले सामाजिक संजालमार्फत जनाएको छ । तर अनुबन्ध रकम भने खुलाएको छैन ।

कुलदिपले अब रेल्वेबाट कलकता फुटबल लिग खेल्ने छन् ।

कुलदिपले गत सिजन ए डिभिजन लिगमा जावलाखेलको कप्तानी गरेका थिए । कुलदिपले एफसी चितवनबाट पहिलो सिजनको नेपाल सुपर लिग खेलेका थिए ।

यसअघि ए डिभिजन क्लब थ्रीस्टारका मिडफिल्डर मनग्य नकर्मी काेलकता लिग क्लब खिदिरपुर स्पोर्टिङ क्लबले अनुबन्ध गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?