+
+

१७ वर्षपछि  इंग्ल्याण्डले गर्ने पाकिस्तान भ्रमणमा ७ टी-२०आई खेल हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १६:५१

१७ साउन, काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टिमले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ ।

पाकिस्तानमा इंग्ल्याण्डले आगामी सेप्टेम्बर २० देखि अक्टोबर २ सम्म कूल ७ टी-२० आई खेल खेल्ने तालिका छ । सन् २००५-०६ पछि इंग्ल्याण्डले पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले कराँचीमा चार र लाहोरमा तीन खेल खेल्ने तालिका सार्वजनिक गरेको छ । कराँचीको नेशनल क्रिकेट स्टेडियममा सेप्टेम्बर २०, २२, २३ र २५ मा दुई देशबीच खेल हुनेछ । यस्तै लाहोरको गद्दाफी स्टेडियममा सेप्टेम्बर २८, ३० र अक्टोबर २ मा खेल हुनेछ ।

पाकिस्तानसँग टी-२० शृंखला खेलेर इंग्ल्याण्ड अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि प्रस्थान गर्नेछ ।

इंग्ल्याण्ड र पाकिस्तानबीच सात वा सो भन्दा बढी खेल समावेश भएको यो दोस्रो टी-२० शृंखला हो । यसअघि सन् २०१९ मा मालावी र मोजाम्बिकबीच सात खेलको टी-२० शृंखला भएको थियो ।

यस्तै इंग्लिस टिम तीन टेष्ट शृंखलाको लागि डिसेम्बरमा फेरि पाकिस्तान जानेछ ।

टी-२० वरीयतामा दोस्रो स्थानमा रहेको इंग्ल्याण्ड विरुद्धको शृंखलाले पाकिस्तानका लागि फाइदा पुग्ने पीसीबीको विश्वास छ । पीसीबीले यसलाई ‘बम्पर इन्टरनेशनल सिजन’ भनेको छ ।

पाकिस्तानले डिसेम्बर/जनवरी र अप्रिलमा गरेर न्युजिल्याण्डलाई दुई पटक आतिथ्यता प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?