
१९ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्को नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको चर्को विरोधका बाबजुद ताइवान भ्रमण गरेर साम्राज्यवादी चरित्र देखाएको आरोप लगाएको छ ।
बिहीबार नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक विज्ञप्ति जारी गर्दै विश्वका सबैजसो देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा अमेरिकाले ‘एक चीन नीति’ विपरीत गतिविधि गरेको समेत टिप्पणी गरेको छ।
‘विश्वका सबैजसो देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा ‘एक चीन नीति’ विपरीत भएको यस्तो गतिविधिप्रति नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग खेद प्रकट गर्दछ,’ विभाग सचिव आमुलले जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै अमेरिकालाई विभिन्न बहानामा द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गर्दछ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4