+
+
कविता :

नदी र मृतभूमि

पूजा शर्मा 'प्रकृतिप्रेमी' पूजा शर्मा 'प्रकृतिप्रेमी'
२०७९ साउन १९ गते १२:२४

म हिमालको काखबाट आएकी हुँ,
एक्कासी सललल बग्दा
पहाड पहाड जस्तो लागेन
चिसो बतास छैन र खाली रापिलो किरण मात्र ।

पहाडहरूबाट म हतारिएँ,
चट्टानहरूका बीचमा चिप्लिन सकिनँ
बाटोको एक सानो सहर,
कतै देखिनँ मैले
यता कतै अलप भएछ ।

माछापुच्छ्रेको टुप्पीदेखि
यो माटोको गण्डकसम्म म बग्छु
पस्छु तिमीलाई छाडेर सीमा पारिसम्म
स-साना खोलामा जोडिन,
म सधैंको लागि जान्छु
तिनीहरूलाई समुद्रमा डोराएर ।

ठूला ढुङ्गाको बाटोमा म बकबक गरेर उफ्रिन्थें,
साना तीखा गग्रेटालाई साथै लान्थें,
बुलबुले खाडलहरूमा म बडबड गर्थें
देखिन ती ठूला ढुङ्गा र तीखा गग्रेटाहरूलाई ।

म बडबड गर्छु, बकबक गर्छु, जसरी म बग्छु
भरिएको नदीमा जोडिन,
किनकि तिमी आउन सक्थ्यौ र जान सक्थ्यौ कहिलेकाहीं,
तर म सधैंको लागि जान्छु ।

म घाँसे मैदानबाट तल हेर्छु
चौंरीहरू कतै हराएछन्
भेडीगोठीहरू डाइनोसार जस्तै भएछन्,
यो विलापको दु:ख प्रेमीहरूको लागि के भयो होला ?

म बग्छु, सर्छु  र उदास हुन्छु
म हेर्छु– हिजोको बालुवा माटो बनेछ,
म यी कुरा चन्द्रमा र ताराहरूमुनि बसेर गनगन गर्छु
तिमीले बनाएको तातो मरुभूमिमा
म मलाई हेरेर वरिपरि घुम्छु
तर तिमीलाई कतै देखिनँ
मात्र मृतभूमि मात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?