+
+

नेपाल टी-२० लिग : विराटनगर र जनकपुरको लोगो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १६:१७
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१९ साउन, काठमाडौं । नेपाल टि-२० लिगको दुई फ्रेन्चाइज टिम विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सको लोगो सार्वजनिक भएको छ ।

बिहीबार राजधानीका एक कार्यक्रमकाबीच दुई टिमको अफिसियल लोगो सार्वजनिक गरिएको हो । दुवै टिम भारतीय मालिकको स्वामित्वमा छ ।

यसअघि लुम्बिनी अल स्टार्सले लोगो सार्वजनिक गरिसकेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो संस्करणको नेपाल टी-२० लिग आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

विराटनगर सुपर किंग्सकातर्फबाट फेस अफ विराटनगरको रुपमा रहेका मन्दिरा लालभानीले नेपाल टी-२० लिगको पार्ट बन्न पाउँदा खुशी व्यक्त गरे । उनले भने, ‘यो लिगको पार्ट बन्न पाउँदा खुशी छौँ । क्रिकेट मेरो डीएनएमै छ । त्यसैले म यहाँ आउँदा खुशी छु । नेपालमा क्रिकेट धेरै चर्चित भएको सुनेको छु ।’

विराटनगर डायमण्ड डिजिक्याप प्राली, भारतको स्वामित्वमा छ । यस्तै जनकपुर गोल्डस्पोर्टस प्रालि, भारतको स्वामित्वमा छ । जनकपुरका मालिक गोविन्द खान्डवालले नेपाल टी-२० लिगको हिस्सा बन्न पाउँदा खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?