+
+

‘सेयरको प्राथमिक बजारमा सबैको पहुँच हुनुपर्छ, तर दोस्रो बजार सबैको लागि होइन’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते ११:१७

१९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले सेयरको दोस्रो बजार सबैको लागि नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको पूँजीबजारको वर्तमान अवस्था र आागमी पाँच वर्ष विषयक कार्यक्रममा उनले दोस्रो बजारमा कारोबार गर्नेले जोखिम मूल्यांकन गर्नुपर्ने बताए ।

‘प्राथमिक बजार विस्तारको लागि प्राथमिकता दिनुपर्छ, अहिले पनि ५१ लाख नागरिक प्राथमिक बजारमा आइसकेका छन्,’ उनले भने, ‘तर हाम्रोमा दोस्रो बजार प्राथमिकतामा देखिन्छ । दोस्रो बजमार जोखिम मूल्यांकन गर्न सक्नेले कारोबार गर्ने हो । दोस्रो बजार निरन्तर उताचढाव हुन्छ, तयसको मूल्यांकन गर्नेले मौ कारोबार गर्नुपर्छ ।’

उनले आफ्नो पेसा व्यवसाय भएकोले दोस्रो बजार कारोबार गर्न नसक्ने त्यसकेा लागि पेसा र व्यवसाय नै त्यहि हुनपर्ने उनले बताए ।

उनले किसानले कृषि, डाक्टर, इन्जिनियर, कर्मचारीले आफ्नो पेशा नै गर्नुपर्ने बताए । दोस्रो बजार भनेको उक्त क्षेत्रको विषयमा जानकार रहेका सीमिति व्यक्ति लाग्ने ठाउँ भएको उनको तर्क छ ।

फाइनान्सिलयल क्षेत्रमा पूँजी परिचालन गर्ने दुई माध्यममध्ये धितोपत्र बजार र बैंकिङ क्षेत्र रहेको उनले बताए । दुबै क्षेत्रबीच अन्तरआवद्धता भएपनि एउटा अर्कोको विकल्प भएको उनले बताए ।

दुबै बजार विकास हुँदा लगानी गर्ने लगानीकर्ताको लागि पनि अवसर हुने उनको भनाइ छ । ‘अहिले बैंकले पैसा नभएर लगानी गर्न सकेका छैनन्, तर सार्वजनिक निष्कासन गर्ने कम्पनीमा ‘ओभरसस्क्राइभ’ भइरहेको छ,’ उनले भने, ‘व्यवसाय गर्न लगानी गर्ने लगानीकर्ताको लागि त बैंकमा स्रोत नहुँदा पनि लगानी जुटाउने अर्को स्रोत धितोपत्र बजार हो ।’

व्यवसाय गर्न लगानी जुटाउनेले सार्वजनिक निष्कासनमार्फत पूँजी जुटाउने हो भने कर्जा ब्याज पनि तिर्नु नपर्ने उनको तर्क छ । यस्तो अवसरको सदुपयोग नगर्नु अचम्मको कुरा भएको उनले बताए ।

उनले स्टार्टअपले बैंकमा कर्जा पाउन मुल्किल रहेको तर, धितोपत्र बजारमा प्राइभेट इक्युटी भेञ्चर क्यापिटल जस्ता औजार भएमा उनीहरुलाई पनि स्रोत जुटाउन सहज हुने उनले बताए । तर यस्तो औजारको बजारमा आउन बाँकी रहेको उनले बताए ।

‘अहिले ५२ लाख लगानीकर्ता लगानी गर्न तयार छौं भनिरहेका छन् । तर निजी क्षेत्र भने बैंकमा पैसा छैन भन्ने अवस्था छ,’ उनले भने, ‘लगानी गर्ने निजी क्षेत्रलेस्रोत जुटाउन विकल्प पनि प्रयोग गर्नुपर्छ । बैंकले मात्रै हैन, अर्बौंको कारोबार गर्ने व्यवसायीले पनि ऋणपत्रमार्फत स्रोत जुटाउन सक्छ । बैंकले लिने मध्यस्तता शुल्क नलाग्ने हुँदा लागत पनि कम पर्छ ।’

अहिले २ करोड पूँजी भएको लघुवित्तले सार्वजनिक निष्कासन गर्नुपर्ने तर, २ अर्ब बैंकिङ कर्जा लिनेले कर्जा पाइन भन्ने भन्दा सर्वसाधारणबाट लगानी जुटाउनुपर्ने उनले बताए ।

धितोपत्र बजार र मुद्रा बजार एक अर्काको प्रतिस्पर्धी हुने र निजी क्षेत्रले धितोपत्र बजारमार्फत पूँजी जुटाउने हो भने वित्तीय क्षेत्रलाई पनि प्रतिस्पर्धी बन्न दवाब बढ्ने उनले बताए । धितोपत्र बजारले बैंकिङ क्षेत्रलाई ब्याजदर घटाउन दवाब बढाउनुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?