+
+

फूलमाया

रमेश शाह रमेश शाह
२०७९ साउन २१ गते १७:४१

हिमालको न्यानो काखमा लुटपुटिएर रहेकी, मधेशलाई पनि हेर्न भ्याएकी, स्वर्ग पनि हो कि भनेर तुलना गरिने त्यो डाँडापारिको गाउँ प्रकृतिको अनुपम उपहार झैं विछट्टै सुन्दर देखिन्थ्यो । त्यही गाउँको सिरानमा बादलुसँगै लुकामारी र उकाली-ओराली गर्दै आफ्नो बाल्यकाल थाहै नपाई विताएकी फूलमाया गाउँलेको आँखामा बसिसकेकी थिई । अलि खरो स्वभाव भए पनि प्रकृतिले आफूसँग भएको कुनै पनि बरदान दिन छुटाएको थिएन ।

“विपनामा त के सपनामा पनि बिहे गर्दिनँ” भन्ने फूलमाया हिजोआज एक जनाको प्रेमजालमा परिसकेकी थिई । समाजमा हुने हत्या, हिंसा, बलात्कार, शोषण, चेलीबेटी बेचबिखन, छुवाछूत, कुरीति, विकृति, विसंगतिको विरुद्धमा आवाज उठाउने फूलमायाका स्वरहरू सुकिसकेका थिए गगनको प्रेममा परेर । विस्तारै विस्तारै गाउँभरि हल्ला चलिसकेको थियो- फूलमाया र गगनको प्रेमको ।

छोरा मान्छेको पहिरन जिन्स पेन्ट र सर्ट/भेस्टमा हिंड्ने फूलमाया कहिलेकाहीं गाउँकै बीच भागमा रहेको पि्रय साथी दिलुले आˆनै घरमा संचालन गरेको कस्मेटिक पसलमा गफ गर्न जाँदा केही न केही सामान किन्ने गर्थी । त्यहीं आउने-जाने क्रममा इन्डियन कस्मेटिक सामग्रीका सप्लायर गगनसँग भेट भएको थियो जुन विस्तारै प्रेममा परिणत भयो ।

कहिले बलात्कारका घटना त कहिले शोषणका कुरा, कहिले आत्महत्या त कहिले घरेलु हिंसा जस्ता विषयले फूलमायालाई ठूलो प्रभाव पारेको थियो । यस्ता विकृति र विसंगतिलाई जरैदेखि उखेलेर फाल्ने प्रयत्न फूलमायाले गरिरहेकी हुन्थी तर त्यो कहाँ भने जस्तो हुन सक्थ्यो र !

बलात्कार, चेलीबेटी बेचविखनका घटना सुन्ने वित्तिकै उनको शरीरमा एकखाले आगो बलेर आउँथ्यो र त्यस घटनाको विरुद्धमा सर्वप्रथम ऊ आफैं एक्लै भए पनि प्ले कार्ड बोकेर नाराबाजी गर्दै आन्दोलन गर्न निस्कन्थी । प्रहरी, पुलिस, प्रशासन, अड्डा अदालत, नागरिक समाज, पत्रकार, अधिकारकर्मी आदिले नचिन्ने कोही पनि थिएन । गाउँमा कुनै पनि किसिमको घटना घट्दा छलफल गर्न त्यसको निकास निकाल्नको लागि गाउँलेले पहिले उसलाई नै खोज्ने गर्थे । शोले फिल्मको गब्बर जस्तो बच्चाहरूलाई डर देखाउनका लागि पनि बाबुआमाहरूले फूलमायाको नाम लिएर डर देखाउने गर्थे । भन्नु पर्दा फूलमायालाई गाउँलेले एउटा प्रहरीको रूपमा नै बुझ्ने गर्थे ।

गाउँमा एउटा अलग पहिचान बनाउन सफल भएकी फूलमाया जो समाज र राष्ट्रको भलाइको लागि ज्यान दिन पनि पछि नपर्ने, २५ वसन्त पूरा हुँदासम्म पनि बाबुआमाले पटक-पटक विवाहको प्रस्ताव राख्दा समेत अस्वीकार गरेकी आज एक अन्जान व्यक्तिको पे्रममा परेको देख्दा गाउँलेको फुर्सदको समयमा कुरा गर्ने विषय बनिसकेकी थिई ।

काठमाडौं एयरपोर्ट नजिक कोटेश्वरमा घर बताउने गगन हेर्दा आकर्षक नै थिए ! उनको व्यवहार, हाउभाउ, इमानदारीपन र विश्वासिलो भएकै कारण फूलमाया नजिक भएको थिई होली । कहिलेकाहीं आमासँग मोबाइलमा कुरा गराउने त कहिले भाइसँग कुरा गराउने भएको कारण फूलमायालाई गगन माथि झन् विश्वास लागेको थियो । घरमा जति सम्झाउँदा पनि केही सीप नलागेपछि अहिलेका युवापिंढीले आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्छन् भन्ने तर्कको आधारमा बाबुआमाले केही भन्न सकेनन् अन्ततः बिहे हुने निश्चित भयो ।

विगतमा गाउँमा धेरै चेलीबेटी यसरी नै अपरिचित मानिसको प्रेमजालमा पर्ने र भारत लगायत विभिन्न देशमा बेचबिखन भएको तथा नारकीय जीवन बिताउन बाध्य भएका घटना प्रशस्तै थिए, त्यसैले गाउँलेले पनि फूलमायाको भविष्य यस्तै होला भनेर अड्कल काटेका थिए र सम्झाउन बुझाउन चाहन्थे तर त्यस्तो समझदार व्यक्तिलाई सम्झाउने कसले ?

गगनपट्टकिा घरपरिवार कोही पनि सदस्य गाउँमा नभएको र यता आˆनो घर परिवार, इष्टमित्र कसैको पनि समर्थन नभएको कारण बाबुआमाको झिनो उपस्थितिमा घरदेखि नजिक रहेको मन्दिरमा शुभविवाह सम्पन्न भयो । भोलिपल्ट एकाबिहानै बाबुआमाले नचाहँदा नचाहँदै पनि छोरीलाई ज्वाईं गगनसँग विदा दिन बाध्य भए ।

बिहानको १० बज्न लागेको थियो, गाउँबाट सानो गाडी रिजर्भ गरी हिंडेको ३-४ घण्टापछि दुवै जना मुग्लिन आइपुगे, भोक लागिसकेको हुँदा होटलमा भात खान पस्दै गाउँले गाडीवाल भाइलाई भाडा तिरी विदा दिए । खाना खाइसकेपछि अब गन्तव्यतिर हिंड्न काठमाडौं जाने गाडीलाई उनीहरूले पर्खिबसे । त्यत्तिकैमा गगनको मोबाइलमा उसको बुबाको फोन आयो “गगन कहाँ छस् तँ, मलाई नसोधी बिहे गरिस् अरे, तेरो के हो यो पारा ? मलाई ठीक लागेको छैन । मसँग सल्लाह नगरी आफैं बिहे गर्नेलाई म घरभित्र प्रवेश गर्न दिन्नँ, यहाँ आउने कामै छैन जहाँ जान्छस् जा” भने र गगनले केही बोल्न नपाउँदै फोन काटे । फोन हृयान्ड फ्रीभएको कारण सबै कुरा फूलमायाले सुनिसकेकी थिई । आमालाई फोन लगायो, आमाले सम्झाउँदै “तेरो बुबा साह्रै रिसाउनुभएको छ केही दिन उतै बस्नु म कुरा गर्छु अनि समय मिलाएर आउनु” भन्नुभयो । फूलमायाले केही बोल्न सकिरहेकी थिइनँ सायद आँटिलो भएकै कारण यस्ता कुरालाई सहजै स्वीकार गरी र भनी, “ठिकै छ अन्तै केही दिन कतै बसौं न त ।” गगनले भन्यो “ठिक छ मैले सामान ल्याउने कम्पनीले मलाई बस्ने-खाने सुविधा दिएको छ अब त्यतैतिर वीरगंज-रक्सौल हुँदै दिल्लीतिर जाउँ” भन्यो ।

फूलमायाले गगनको अनुहार टुलुटुलु हेरी र केही नबोली टाउको हल्लाउँदै सहमति प्रदान गरी । गगनले वीरगंजका साथीहरूलाई फोन गर्‍यो र आफू वीरगंज आउँदै गरेको जानकारी दिंदै रक्सौलबाट दिल्लीको टिकट मिलाउन लगायो । साँझपख दुवै जना वीरगंज पुगे । गगनका साथीहरू रक्सौल पुगी दिल्लीको टिकट लिइसकेको जानकारी गराए । दुवै जना अटो रिक्सामा चढी रक्सौल हिंडे, जाँदा जाँदै कसैले “तिमीहरू को हो के कामको लागि भारत हिंडेको ?” भनेर प्रश्न सोध्यो भने के के कुराहरू भन्ने ती सबै कुरा गगनले फूलमायालाई सिकाइसकेको थियो । आधा बाटो पुगेपछि अचानक दुई जना महिलाहरू र दुई जना प्रहरी आइपुगे र दुवै जनालाई छुट्टाछुट्टै अलगअलग स्थानमा लगेर सोधपुछ गर्न लागे । एकछिनपछि दुवै जनालाई प्रहरीले जाने अनुमति दिए, दुवै खुसी हुँदै रक्सौल नाका पार गरे ।

रातको ९ बज्न लागेको थियो, दिल्ली जाने टे्रन आइपुग्यो । गगन, फूलमाया लगायत उसका साथीहरू जम्मा पाँच जना टे्रनमा प्रवेश गरे । टे्रन हिंड्न लाग्यो, केही समयको अन्तरालमा ट्रेन अर्को स्टेशनमा गएर रोकियो । गगन पिसाब फेर्न जान्छु भन्दै ट्वाइलेट गयो, टे्रन हिंड्यो । ट्रेन हिंडेको लामो समयसम्म पनि गगन नआएपछि फूलमायाले उसका साथीहरूसँग “गगन कता गयो ?” भनी सोधी साथीहरू ट्वाइलेटतिर खोज्न गए तर ऊ भेटिएन । फूलमाया अत्तालिरहेकी थिई साथीहरूले “नडराउनु” भनी सम्झाए र गगनलाई फोन लगाए । गगनले फूलमायालाई “नडराउनु”, टे्रन छुटेकोले “अर्को टे्रनमा आउँछु” भनी सान्त्वना दियो । भोलिपल्ट दिल्ली पुग्दा समेत गगनको अत्तोपत्तो थिएन । साथीको मोबाइलमा गगनको फोन आयो र भन्यो कम्पनीले तत्कालै मुम्बई पुग्न आदेश दिएको छ म त्यतै अर्को टे्रनबाट पुग्छु हामी त्यहीं भेटौंला र यो कुरा फूलमायालाई पनि जानकारी गरायो । फूलमाया पनि हुन्छ भन्दै अर्को ट्रेनमा चढी मुम्बई पुगी ।

गगनको फोन आयो, “म आइपुग्न लागें तिमीहरू रुममा गएर बस्दै गर्नु !” भन्दै फोन काट्यो, सबैजना निश्चित स्थानमा पुगे । केही समयपछि साथीहरूले “हामी खाना लिएर आउँछौं” भनी बाहिर निस्के । दुई घण्टा बित्दा समेत कोही पनि आएन । एकछिनपछि एक जना मोटी महिला -थोरै नेपाली बोल्न सक्ने) आई र सोधी तिमी गगनको श्रीमती होइन ? फूलमायाले डराउँदै टाउको हल्लाउँदै हो भन्ने जवाफ दिई । “गगन मेरो भाइ जस्तै हो, ऊ आउँदै होला मसँग बिहान सम्पर्क भएको थियो । “उ पल्लो मेरो कोठा हो जाउ“m हिंड उतै खाजा खाउँ र गफ गरौं” भनी मोटी महिलाले । फूलमायाले खाजा खाएपछि बारम्बार “गगन कति बेला आउँछ भनी सोधी रही” तर ती महिलाले फोन लगाउँदा फोन लागेन । फूलमायाको मस्तिष्कमा विभिन्न कुरा आउन थाले, उसले सोचेका कुराहरू सही हुन् कि गलत ऊ आफैं ठम्याउन सकिरहेकी थिइनँ । रात पर्न लाग्यो तर गगन आएन न कुनै फोन नै आयो । ती महिलाले “दुःख नमान” भन्दै सान्त्वना दिएर फूलमायालाई उसको कोठातिर पठाई । रात त्यसै बित्यो, तर गगन आएन ।

अलि आँटी स्वभाव भएकै कारण फूलमाया आत्तिएकी थिइनँ र पनि ऊ छट्पटिरहेकीे थिई । तीन दिन बितिसक्दा पनि गगन नआएपछि फूलमाया त्यो कोठा छाडेर बाहिर निस्कन लागी । त्यत्तिकैमा त्यही मोटी महिलाले उसको बाटो छेकी र भनी “बहिनी तिमी कहाँ हिंड्न लागेकी ? अब तिमी यहाँबाट जान सक्दिनौ, गगनले तिमीलाई हाम्रो जिम्मा लगाएर गइसकेको छ । भन्नु पर्दा तिमीलाई गगनले पाँच लाख रुपैयाँमा बेचिसकेको छ । अब तिमी यहाँबाट फुत्कन सक्दिनौ ।” यति सुनेपछि फूलमायाको होशहवास उडे जस्तै भयो, र चिच्याउन खोजी त्यतिकैमा गुण्डा जस्ता देखिने तीन जना पुरुषहरू आए र उसलाई समाएर मुख थुन्दै एउटा कोठातिर लगे र कोठामा थुनिदिए । कोठाको आवाज बाहिरसम्म आउन सक्दैनथ्यो । दिनभरि फूलमाया रोईकराई तर उसको चिच्याहट सुनिदिने र सहयोग गर्ने कोही पनि आएन ।

साँझ पर्न लागेको थियो, फूलमाया रुन-कराउन छाडेर चुप लागिसकेकी थिई सायद यस्तै होला जिन्दगी भनेर सोची होली । हिजोसम्म नारकीय जीवनको बारेमा सुनेकी फूलमायाले यो तीन दिनमा त्यो भवनमा बस्दा सबै देख्न पाएकी थिई । भित्र कोठाबाट रुवाइको आवाज आउन छाडेपछि महिला कोठा खोलेर भित्र पसी र विगतमा आफू पनि यस्तै तरिकाले यहाँ आइपुगेको र आफूले भोगेका कुराहरू सुनाउँदै फूलमायालाई सान्त्वना दिन थाली । फूलमाया केही नाबोली सुनीरही । कोठाबाट निस्कने बेला ती महिलाले “आज तिमी आराम गर, भोलिदेखि हामीले भने जस्तो गर्नु अन्यथा तिमीसँग कस्तो व्यवहार गरिन्छ त्यो तिमी आफैं थाहा पाइहाल्छ्यौ” भन्दै बाहिर निस्किई ।

सूर्योदयको बिहानी सँगै चराहरू आ-आफ्नो गुँडबाट निस्कन लागे, फूलमायालाई पनि आजको बिहानीले स्वागत गरिरहेको थियो । फूलमायाको जीवनमा आज एक नयाँ मोड आउन लागेको थियो जसलाई कसरी समाधान गर्ने उसले सोचिसकेकी थिई त्यसैले ऊ निश्चिन्त भएर बसेकी थिई । दिनको एक बज्न लागेको थियो ती मोटी महिलाले फूलमायालाई ढोका खोल्न लगाई र भित्र प्रवेश गरेर भनी, “अहिले केही पाहुनाहरू आउँदैछन् उनीहरूसँग राम्रो व्यवहार गर्नु र खुशी पार्नु अन्यथा बुझिहाल्यौ होला नि” भन्दै कोठा बाहिर निस्किई । केही बेरमा ४ जना पुरुष फूलमायाको कोठामा प्रवेश गरे र चुकुल लगाए । फूलमायाले सबैलाई एकपटक हेरी र “तपाईंहरूमध्ये ३ जना बाहिर जानुस् म १ जनासँग कुरा गर्छु त्यसपछि बाँकी तपाईंहरू आउनुहोला” भनी । चारै जनाले एकअर्काको मुख हेराहेर गरे, एउटा बलियो जस्तो मान्छेले ३ जनालाई इशारा गरी बाहिर पठायो र ढोका बन्द गर्‍यो ।

त्यो मान्छे फूलमायाको नजिक पुग्यो र गफ गर्ने बहाना गर्दै अँगालो हाल्न खोज्यो । आजसम्म कुनै छोरा मान्छेलाई ठाडो नजरले नहेर्ने फूलमायालाई अँगालो हाल्न खोजेपछि फूलमायाको शरीरमा देवी नै चढेर आइन्, हातखुट्टा रन्केर आयो, आफू बेडबाट उठेर त्यो मान्छेलाई अँगालो मारे जस्तो गरेर समाउँदै घुँडाले गुप्ताङ्गमा हानी, ऊ कराउन र छट्पटिन थाल्यो । आज उसले एकहप्तादेखि भोगेको पीडा सम्झँदै र विगतमा उसका गाउँमा भएका चेलीबेटी बेचबिखनका घटना र बलात्कारका घटनाहरूलाई सम्झँदै घुँडाले हानी रही । अन्ततः त्यो मान्छे बेहोश भएर ढलेपछि मात्र फूलमाया होशमा आई र बाहिरबाट ढोका खोल्न भनी । आएको आवाज सुनी, ढोका बाहिरपट्टबिाट भत्काउन लागेका रहेछन्, कति कराउँदा पनि फूलमायाले ढोका खोलिन, अन्ततः ढोका भाँचियो र १०-१५ जना कोठाभित्र प्रवेश गरे । फूलमाया शान्त भएर बसेकी थिई मनमा कुनै पनि डर-भय थिएन, यसपछि के होला भन्ने उसले केही पनि सोचेको थिइनँ ।

यसो टाउको उठाएर हेरी, त्यो भीडलाई जसमा त्यही मोटी महिला, अघि आउने मानिसहरू र थप केही मानिस सहित महिला र पुरुष गरी ४ जना प्रहरीहरू पनि थिए । लडिरहेको मानिसलाई दुई जना प्रहरीले उचालेर लगे भने बाँकी दुई जना प्रहरीले फूलमायालाई समाएर प्रहरीको गाडीमा चढाएर थाना लगे । फूलमायासँग केही सोधपुछ गरेपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग सम्पर्क गर्‍यो र तुरुन्तै एयरपोर्ट पुगी ˆलाइटबाट नेपाल पुग्ने व्यवस्था मिलाइदियो ।

फूलमाया दिल्लीहुँदै राति ८ बजे काठमाडौं आई पुगी, जहाँ नेपाल प्रहरीको टोली फूलमायालाई लिन आइपुगेको थियो । फूलमायालाई हेडक्वाटर लगियो, भोलिपल्ट बिहान नेपाल प्रहरीले पत्रकार सम्मेलन गर्‍यो र फूलमायालाई प्रहरी नियन्त्रणमा उसको गाउँ पुर्‍याइयो । फूलमाया घरपुग्दा रातको १० बज्न लागेको थियो गाउँले सुतिसकेका थिए । प्रहरीले फूलमायाको घरको ढोका खोल्न लगाए, फूलमायालाई उसका बाबु आमाले देखेर आश्चर्यचकित भए । के भएको हो भनेर बुझ्न सकिरहेका थिएनन् । फूलमायाले बुबाआमालाई “भित्र जाउँ सबै कुरा भन्छु” भन्दै भित्र लगी । प्रहरी फूलमायालाई जिम्मा लगाई काठमाडौं फर्किए । राति अबेरसम्म फूलमायाले आफूसँग घटेका घटनाको बेलीबिस्तार लगाई र बाबुआमा पनि अचम्म मान्दै ती घटनाहरू सुने र “ठूलो दुर्घटनाबाट बच्न सकिछ्यौ छोरी” भन्दै हर्षको आँशु झारे ।

नयाँ जीवनको सुरुवातसँगै बिहानीले लाली छरिसकेको थियो । घर अगाडि केही मानिसको हल्लाखल्ला सुनियो । गाउँले फूलमायालाई भेट्न फूलको थुंगा र माला लिएर आएका थिए, कसैको हातमा कान्तिपुर पत्रिका थियो भने कसैको हातमा गोरखापत्र, नागरिक, समाचारपत्र आदि थिए । सबै पत्रिकामा फूलमायाका ठूलाठूला फोटोहरू अग्रपंक्तिमा छापिएका थिए । सबै पत्रिकाको हेडलाइनको खबरमा फूलमायाकै नाम समावेश गरिएर राखिएको थियो ।

पत्रिकामा उल्लेख भए अनुसार गगनले दिलुलाई ललाई-फकाई गर्दा दिलुले यो कुराको जानकारी फूलमायालाई दिएकी थिई । गगनको वास्तविक नियत बुझेपछि दिलु, फूलमाया र प्रहरीको त्रिपक्षीय योजना अनुसार फूलमायाले गगनसँग प्रेमको नाटक गरेर विवाह गरेकी थिई । विवाहपछि प्रहरीकै निगरानीमा मुम्बई पुगेकी थिई । फूलमायाले गोप्य रूपमा राखेको मोबाइल सेटबाट नेपाल प्रहरी र भारतीय प्रहरीलाई सूचना दिइरहेकी थिई । सूचना र कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा भारतीय प्रहरीले भएभरका सबै चेलीबेटी बेचबिखनमा संलग्न गिरोहलाई समाउन सफल भएको थियो । यता नेपाल प्रहरीले गगन लगायत उसका साथीभाइ र चेलीबेटी बेचबिखनमा संलग्न उसका बाबुआमा र भाइको रूपमा देखा परेका मानिसलाई वीरगंजबाट समाइसकेको थियो । उनीहरूले दिएको सूचना अनुसार नेपालको विभिन्न भागबाट चेलीबेटी बेचबिखन र ओसारपसारमा संलग्न धेरै महिला तथा पुरुषलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो ।

आज देशभरमा चर्चाको विषय फूलमाया भएकी थिई । आफ्नो अस्मिता र ज्यानको बाजी लगाएर समाजको रक्षाका लागि लड्ने फूलमायाको हिम्मत र साहस देखेर गाउँलेहरू भित्री आत्मबाटै खुसी भएका थिए । आफ्नो प्यारो गाउँमा, देशमा र अन्तर्राष्ट्रियस्तरमा आफूलाई चिनाउन सफल हुने फूलमाया फेरि गाउँलेको आँखाको तारा बनेर चम्की रही ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?