
काठमाडौं । गायिका सोना अमात्यले तीजगीत ‘लगाउने हो फन्को’ रिलिज गरेकी छन् । तीज नजिकिंदै जाँदा उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा चन्द्रमणि भट्टराईको शब्द, डेनी निरौलाको संगीत र योगेशकाजीको एरेन्ज रहेको छ ।
नृत्य शैलीको गीतको भिडियोमा गायिका सोना, सुरक्षा भट्टराई, शालिनी भट्टराई, पूर्णिमा बानियाँ र शब्बु राना बम फिचर्ड छन् । भिडियोका निर्देशक तथा कोरियोग्राफर गम्भीर बिष्ट हुन् ।
नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4