+

प्रजनन् क्षमता बढाउन पुरुषले कस्ता खानेकुरा खाने ?

२०७९ साउन  २२ गते १७:१७ २०७९ साउन २२ गते १७:१७
प्रजनन् क्षमता बढाउन पुरुषले कस्ता खानेकुरा खाने ?

हरेक पुरुषले सुन्दर परिकल्पना गरेको हुन्छ, आफू एक दिन बुवा बनुँ भनेर । तर विभिन्न कारणले पुरुषको सन्तान उत्पादन गर्ने क्षमतामा कमी आइरहेको हुन्छ । कामको तनाव, अनिद्रा, धुम्रपान तथा मद्यपान सेवन जस्ता अव्यवस्थित जीवनशैलीले पुरुषको शुक्रकीट कमजोर बन्दै गइरहेको हुनसक्छ ।

बाँझोपनको समस्या महिलामा मात्रै होइन पुरुषमा पनि हुन्छ । पछिल्लो समय यस्तो समस्या अरु बढिरहेको छ । अहिले पुरुषको प्रजनन् क्षमता बढाउने भन्दै बजारमा विभिन्न औषधि उपलब्ध छन् । तर ती औषधिमा प्रयोग गरिएको केमिकलका कारण पुरुषको प्रजनन् स्वास्थ्य मात्रै नभई समग्र स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

बजारमा उपलब्ध औषधिको सेवनले भन्दा प्राकृतिक विधि र पद्धतिबाट प्रजनन् क्षमता बढाउने उपचार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

पुरुषमा प्रजनन् क्षमता कमजोर हुनुका कारण

-बढी व्यायाम

-धुम्रपान

-मोटोपन

-संक्रमण

-डाइबिटिज

-असन्तुलित खाना

-हर्मोनल असन्तुलन

-क्यान्सर

-वंशाणुगत रोग

प्रजनन् क्षमता बढाउने खानेकुरा

गाईको घिउ

गाईको घिउले पुरुषको प्रजनन् क्षमता बढाउँछ । घिउमा पाइने पोषक तत्वले पुरुषमा शक्ति बढाउने काम गर्छ । यसमा फाइटोन्युट्रिएन्स अर्थात् प्रजनन् क्षमता बढाउने तत्व पाइन्छ । प्रतिदिन दुईदेखि तीन चम्चा गाईको घिउ सेवन गर्दा प्रजनन् क्षमता बढ्छ ।

फर्सीको बीउ

फर्सीको बीउमा जिंक पाइन्छ । यसको सेवनले वीर्यको गुणस्तरमा सुधार ल्याउँछ । जिंकले वीर्य बिग्रिनबाट बचाउने काम गर्छ । बीउमा एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइने भएकाले टेस्टोस्टेरोनको मात्रालाई स्वस्थ र मजबुत राख्न मद्दत गर्छ ।

त्रिफला र जाइफल

त्रिफला र जाइफलको नियमित सेवनले पुरुषको प्रजनन् क्षमतामा सुधार ल्याउँछ । त्रिफलाले हर्मोनल असन्तुलनलाई नियन्त्रण गर्नुका साथै डिप्रेसन तथा एन्जाइटीजस्ता रोगबाट समेत बचाउन सहयोग गर्छ ।

अमला

प्रजनन् क्षमता कजोर भएका पुरुषले अमलाको सेवन गर्नु फाइदाजनक मानिन्छ । अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइने हुँदा यसले वीर्य बढाउने काम गर्छ । अमलाको सेवनले वीर्यलाई तीव्र गतिमा अण्डकोषतिर प्रवेश गराउँछ । पुरुषले साताको तीन-चार पटक अमला खाए प्रजनन् क्षमता बढ्छ ।

अश्रगन्धा

अश्रुगन्धामा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट, एन्टि इम्फ्लेमेन्टरी र एन्टि ब्याक्टेरियल गुण पाइन्छन्, जसले प्रजनन् क्षमता बढाउन मद्दत गर्छ । अश्रुगन्धामा फाइबर, प्रोट्रिन, कार्र्बोहाइड्रेट, आइरन, क्याल्सियम र भिटामिन सी पाइन्छ ।  यसको नियमित सेवनले प्रजनन् क्षमता बढाउन सहयोग गर्छ ।

सन्तुलित भोजन

प्रजनन् क्षमतालाई बचाइराख्न  र बढाउनमा सन्तुलित भोजनको महत्वपूर्ण भूमिका हुन्छ । सन्तुलित र ताजा खानासँग फलफूल, तरकारी, नरिवल, दूध, बदाम, ओखर, खजुरजस्ता खानेकुराले पुरुषको प्रजनन् क्षमता बढाउन सहयोग गर्छन् । यी खाद्यपदार्थले शुक्रकीट बढाउन मद्दत गर्छन् ।

ओन्ली माइ हेल्थबाट

पुरुष प्रजनन् क्षमता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्