+
+

करणी मुद्दाका फरार अभियुक्त भारतीय सीमाबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १५:३२

२३ साउन, बर्दिया ।  प्रहरी हिरासतबाट  फरार करणी मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले पक्राउ गरी अनुसन्धानका शिलसिलामा हिरासतमा राखिएका करणी मुद्दाका अभियुक्त खजुरा गाउँपालिका-८ बस्‍ने २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनलाई बढैयाताल गाउँपालिका-२ स्थित नेपाल भारतको सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सूर्यप्रकाश सुवेदीले बताए ।

पक्राउ परेका उनीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?