+
+

एन्फा कार्यसमिति बैठकका लागि चार एजेण्डा थप, पाँडे बर्खास्तीको विषय परेन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १७:२२
एन्फा कार्यसमिति बैठकको फाइल तस्वीर ।

२४ साउन, काठमाडौं । यही साउन २६ गते बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकका लागि चार एजेण्डा थप गरिएको छ । एन्फा सदस्य पेमा लामाले चार एजेण्डा थप गर्न आग्रह गर्दै निवेदन दिएकी थिइन् ।

त्यही चार एजेण्डा थप गरिएको जानकारी एन्फाले सम्पूर्ण सदस्यहरुलाई गराएको छ । एन्फा महासचिव किरण राईले चार एजेण्डा थप भएको बताए ।

सदस्य लामाले माग गरेअनुसार पुरस्कार राशी, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा दिवसमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धि एजेण्डा थप गरिएको हो ।

यसअघि साउन ५ गतेका लागि तय भएको कार्यसमिति बैठकका लागि १८ एजेण्डा तय गरिएको थियो । तर उपस्थितको हस्ताक्षरको विषयमा विवाद हुँदा बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।

चार एजेण्डा थप भएपछि अब हुने कार्यसमिति बैठकमा कूल एजेण्डा २२ पुगेको छ । एन्फाले सुरुमा नेपालमै हुने साफ महिला च्याम्पियनसिप र नेपाल सुपर लिगसहित १२ एजेण्डा तप गरेको थियो । तर उपाध्यक्ष दीर्घबहादुर केसीले पाँच र उपाध्यक्ष दीपक खतिवडाले एक एजेण्डा थपेपछि १८ पुगेको थियो ।

एन्फा कार्यसमितिको पहिलो बैठकले नियुक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नविन पाँडेलाई बर्खास्त गर्नुपर्ने माग भने एजेण्डामा समावेश गरिएको छैन ।

यद्यपी पाँडेको नियुक्तिमा कार्यसमिति भित्रबाटै आलोचना भएपछि उनको विषयमा पनि कार्यसमिति बैठकमा छलफल भने हुने एन्फा स्रोतले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?