+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पर्सामा १४३ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते ११:४८

२५ साउन, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले १४३ किलो गाँजा बरामद गरेको छ ।

मंगलबार राति ११ बजे ड्राइपोर्ट-परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका-२४ बहुअरीबाट गाँजा बरामदभएको हो ।

पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तरतिर बहुअरी चोकमा रोकी राखेको यूपी७५एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्साबाट खटिएको ७ जनाको गाडी मोबाइल टोलीले गाँजा बरामद गर्न सफल भएको थियो ।

खान तलासीको क्रममा सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात १४३ किलो गाँजा बरामद भएको सस्शत्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।

बरामद गरिएको ट्रक र प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?