+
+

आकांक्षा शर्मासँग डेटिङमा छन् टाइगर श्राफ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १७:०३

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ ।

बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात गरेकी थिइन् । सन् २०२० मा उनले दक्षिण भारतीय फिल्म ‘त्रिविक्रम’बाट डेब्यु गरेकी थिइन् । उनले महेश बाबु र वरुण धवनसँग पनि केही विज्ञापनमा काम गरिसकेकी छन् ।

आकांक्षा र टाइगरले ‘कैसेनोवा’मा काम गरिसकेका छन् । यसअघि यी दुवैले ‘आईएम अ डिस्को डान्सर २.०’मा पनि काम गरिसकेका छन् । टाइगरले करिअरको सुरुवात २०१४ को फिल्म हिरोपन्तीबाट थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?