+
+

नेपाल सुपर लिग असोज २३ देखि, एन्फाको विधि विधान पालना गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १६:५६

२६ साउन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण असोज २३ गतेदेखि सुरु हुने भएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले फ्रेन्चाइज फुटबल एनएसएलको मिति तय गरेको हो । बैठकले एनएसएल असोज २३ देखि मंसिर २ गतेसम्म गर्ने मिति तय गरेको छ ।

तर त्यसका लागि यसअघि भएको सम्झौतामा केही परिमार्जन गर्नुपर्नेछ । त्यसका लागि कार्यसमिति बैठकले एनएसएल आयोजकसँग छलफल गर्नका लागि अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिले यसअघिको सम्झौताको बुँदामा परिमार्जन लगायत विषयमा काम गर्नेछ । एन्फाको विधि र विधान अनुसार भएको खण्डमा मात्रै एनएसएल गर्ने गरी यो निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

एन्फाको अघिल्लो कार्यसमितिले २०७९ भदौ २५ देखि कात्तिक ५ सम्म एनएसएलको दोस्रो संस्करणका लागि अनुमति दिएको थियो । तर ६ असारमा पंकज विक्रम नेम्वाङको नेतृत्वमा एन्फामा नयाँ कार्यसमिति आएपछि क्लबहरुसँग छलफल गरेर एनएसएलबारे निर्णय गर्ने अध्यक्ष नेम्वाङले बताएका थिए ।

त्यसपछि एन्फा नेतृत्व र ए डिभिजनका चार क्लबहरुबीच भएको छलफलले एनएसएलको लागि यसअघि गरिएको सम्झौता रद्द गर्नका लागि कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसै अनुसार कार्यसमितिमा छलफल भएको हो । एनएसएलका लागि छलफल गर्न गठिन समितको अन्य सदस्यमा एन्फा उपाध्यक्ष दीपक खतिवडा र कुमार केसी तथा एन्फा सदस्य टिकाराम लामा, मनिराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानजेमेन्ट (एनएसईएम) को आयोजनामा २०७८ वैशाख-जेठमा पहिलो संस्करणको एनएसएल सफलतापूर्वक सम्पन्न भएको थियो ।

२०७८ कै चैतमा दोस्रो संस्करण सुरु गर्ने तयारी भए पनि ए डिभिजन क्लबहरुले आफ्नो खेलाडी सम्झौतामै रहेका बेला एनएसएलका लागि अक्सन गरेपछि यसले विवादको रुप लिएको थियो ।

दोस्रो संस्करणको एनएसएलमा तीन नयाँ टिम थपिनेछन् र कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता काठमाडौं रेजर्स एफसी, विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेची छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?