
२९ साउन, काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोले एर्लिङ हल्याण्डबाट उत्कृष्ट प्रदर्शन आउन समय लाग्ने बताएका छन् ।
हल्याण्डले प्रिमियर लिगको डेब्यु खेलमा वेष्टहृयामविरुद्ध दुई गोल गरेका थिए । शनिबार राति भएको खेलमा बोर्नमाउथलाई ४-० गोल अन्तरले हराउँदा हल्याण्डले भने कडा डिफेन्सको सामना गर्नु परेको थियो । उनले पहिलो टचकै लागि १८ मिनेट कुर्नु परेको थियो ।
यद्यपि प्रशिक्षक ग्वार्डिओला उनको व्यक्तिगगत प्रदर्शनलाई लिएर चिन्तित छैनन् ।
बोर्नमाउथ जस्तो डिफेन्सिभ टिमविरुद्ध स्ट्राइकरका रुपमा खेल्नु नै एर्लिङको कठिन काम भएको भन्दै उनले भने, ‘तीन सेन्टल डिफेण्डर र उनीहरूका आगाडि दुई खेलाडी राख्ने डिफेन्सिभ टोलीविरुद्ध स्ट्राइकर खेल्नु नै संसारको सबभन्दा कठिन काम हो ।’
तर उनलाई एसिस्ट गर्न उनका पछाडि राम्रो खेलाडीहरू रहेको भन्दै उनले यसको पनि समाधान निस्किने बताए ।
घरेलु मैदान, इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले सुरुदेखि नै भ्रमणकारी टोलीलाई दबाबमा राखेको थियो । १९औं मिनेटमा गुन्डोगानले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३१औं मिनेटमा केभिन डिब्रुयेनले करिब मध्य भागबाट एक्लै बल लगेर उत्कृष्ट गोल गरे । फिल फोडनले ३७ औं मिनेटमा गोल गरेपछि सिटी पहिलो हाफमा तीन गोलको अग्रता कायम गर्न सफल भयो ।
१-४ -५ को फर्मेसनमा खेलेको बोर्नमाउथको अधिकांश समय डिफेन्समै बितेको थियो । उसले दोस्रो हाफमा पनि कुनै पनि समय खेलमा फर्किने संकेत देखाउन सकेन । बरु ७९ औं मिनेटमा लेर्माले आत्मघाती गोल गरेपछि घरेलु टोली ४-० ले विजयी भयो । उनले जोउ कान्सेलोको क्रसलाई बर्नाडो सिल्भासम्म पुग्नबाट रोकेका थिए, तर गोलमा परिणत भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4