+
+

बञ्चरेडाँडा हिँडेका फोहोरका गाडी आलेटारमै रोकिए

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १३:५६

३१ साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका वासिन्दाले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको एक स्थानीयले जानकारी दिए ।

‘काठमाडौंबाट आएका सबै गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । अगाडि-पछाडि प्रहरीका गाडी पनि छन् । तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न सकेका छैनन् ।’ ती स्थानीयले भने ।

उनका अनुसार स्थानीयहरु हातमा ढुंगा बोकेर डाँडामा बसेका छन् । केही युवाहरु सडकमै छन् भने केही स्थानीयहरु धानखेत, मकैबारी लगायतका स्थानमा बसेर गाडी जान दिएका छैनन् ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोर लैजान नदिनका लागि डाँडा, खोल्चा-खोल्ची लगायत सबै ठाउँमा स्थानीय भेला भएर बसेका छन् । थप सुरक्षाकर्मी नपुगेसम्म फोहोर जान सक्ने अवस्था अहिले छैन ।

महानगरले मंगलबार २ सय ५० गाडी फोहोर लोड गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ४०–५० जना प्रहरी बञ्चरेडाँडामै छन् । आवश्यक परे ब्याकअप फोर्स खटाउने तयारी भइरहेको नुवाकोटका एसपी रमेश पण्डितले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?