
३१ साउन, झापा । झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका -४ बस्ने ६८ वर्षीय रामजुलुम नायक रहेका छन् ।
साउन २७ गते ना.८ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ आइरहेको प्रदेश नं.१-०४-००१ प २४५५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।
स्कुटीलाई ठक्कर दिने ट्रक चालक ३८ वर्षीय मत्रिका दनुवारलाई इलाका प्रहरी कार्यालय दमक झापाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4