+
+

विद्यालय स्तरीय बास्केटबलमा भ्याली पब्लिक र एन्जल्स हार्ट सफल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते २०:४४

४ भदौ, काठमाडौं । भ्याली पब्लिक र एन्जल्स हार्टले १५ औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१–११ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे । प्रतीक कँडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले स्कोलर्स होमलाई १८–६ ले हरायो । ग्रिनफिल्डले सेबलाई १३–७ ले पाखा लगायो । ग्रिनफिल्डका पुजन उप्रेतीले ९ स्कोर गरे ।

सिनियर गर्ल्समा भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमीलाई ३२–१२ तथा पृथ्वीले फेरिल्यान्डलाई २५–२४ ले निराश पारे । भ्याली पब्लिकका एन्जल गुप्ता र अनिता गुरुङले समान ११–११ तथा पृथ्वीकी दावा छिरिङ गुरुङले १३ अंक बटुले ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले सेन्ट जोसेफलाई ४२–३०, ग्रिनल्यान्ड ‘ए’ ले पृथ्वीलाई ४६–३५, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले फेरिल्यान्डलाई ४५–२५ र ग्रिनफिल्डले स्कलर्स होमलाई २९–१९ ले पन्छाए । भ्याली पब्लिकका अनमोल गुरुङले १४, ग्रिनल्यान्डका दिवस भुजेलले १९, बीएनएका सन्देश खड्काले १९ र ग्रिनफिल्डका सुशान्त कार्कीले २० अंक जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?