+
+
Shares

युवकको हत्‍या आरोपमा तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १४:१३

५ भदौ, काठमाडौं । प्रहरीले एक युवकको हत्‍या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् ।

बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्या गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

उनका अनुसार अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको हो ।

शनिबार राति ९:३० बजे भएको सो घटनामा प्रहरीले सङ्लग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुमाथि बौद्ध प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?