+
+

नेकपा एमालेको चुनावी अभियान : आफ्नै नेतृत्वमा बहुमतको सरकार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १६:५३
नेकपा एमालेको पार्टी कार्यालय

७ भदौ, काठमाडौं । नेकपा एमालेले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने लक्ष्यसहित चुनावी अभियान सुरु गर्ने भएको छ ।

एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेको एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने बताए ।

मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णय जानकारी गराउन सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेको चुनावी अभियानको रणनीति लगायतका विषय समेटेर अध्यक्ष केपी शर्मा ओलीले भदौ १० र ११ गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने बताए ।

‘आजको दिनमा एमाले कुन ठाउँमा छ, सत्तारुढ गठबधन के गर्दैछ, अरु दल के गर्दैछन्, हामी कसरी जान सक्छौं’ उनले भने, ‘हाम्रो चाहना आगामी सरकार नेकपा एमालेको, त्यो बहुमतको हुने भन्ने छ । हाम्रो प्रतिवेदनको मुख्य विषय त्यही हुन्छ ।’

मंगलबारको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे संक्षिप्त जानकारी गराउँदै सुझाव लिएका छन् ।

प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको शक्ति सन्तुलनको अवस्था, गठबन्धन सरकारका क्रियाकला, पार्टीको संगठनात्मक स्थिति र आगामी दिनमा गर्नुपर्ने कामबारे उल्लेख हुने उपमहासचिव गुरुङले बताए ।

बैठकमा नेताहरु घनश्याम भूसाल, कर्णबहादुर थापा, प्रभु साह, गोरख बोगटी, शेरधन राई, रघुजी पन्त, गुरु बराल, शेरबहादुर तामाङ, मणि थापा, खगराज अधिकारी, सुवासचन्द्र नेम्वाङ र हिक्मत कार्कीले राजनीतिक प्रतिवेदनमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।

नेता गुरुङले आफूहरु गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर नबसेको बताए । ‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन, एमालेसँग जो जो गठबन्धन गर्न चाहन्छ त्यो पार्टीलाई ढोका खुलै छ’ उनले भने ।

उपमहासचिव गुरुङले अघि भने, ‘गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन, चुनाव हार्छ भन्ने मानसिकताका साथ जाँदैनौं, हामी एक्लैले चुनाव जित्न सक्छौं, चुनाव लड्नुपर्छ । सबै कुराको सामना गर्नुपर्छ ।’

बैठकमा गण्डकीबाहेक अरु ६ प्रदेशका इन्चार्जहरुले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?