+

जंकफुड र कोल्ड ड्रिंक्सले यसरी खराब बनाउँदैछ बालबच्चाको कलेजो

२०७९ भदौ  ८ गते १७:४२ २०७९ भदौ ८ गते १७:४२
जंकफुड र कोल्ड ड्रिंक्सले यसरी खराब बनाउँदैछ बालबच्चाको कलेजो

अहिले बालबच्चा-किशोरपुस्ता घरको खानामा भन्दा बढी जंकफुडमा लोभिएका छन् । दाल, भात, तरकारीलाई पिज्जा, बर्गर, मःम र चाउमिनले विस्थापित गर्दैछ । यसैगरी पानी, चिया, दूध जस्ता प्राकृतिक पेयको ठाउँ कोक, फ्यान्टा र मिरिन्डाले ओगट्दैछ । जिब्रोको स्वाद फेर्दै गएका यी खान्कीले कलेजोलाई भने नराम्ररी क्षति पुर्‍याइरहेका छन् ।

खासमा जंकफुड र प्रशोधित पेयले ‘फ्याटी लिभर’को जोखिम बढाइदिएको छ । सामान्य  भाषामा भन्दा फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको हो । जुन ‘ननअल्कोहलिक सेतो हेपाटाइटिस’ हुने एउटा कारण पनि हो ।

जंकफुडले शरीरलाई विषाक्त बनाउँछ

जब हामी जंकफुड खान्छौं, त्यसलाई पचाउन कलेजोले हामीले सेवन गर्ने खराब तत्त्वलाई निष्क्रिय बनाउनुका साथै शरीरमा पर्याप्त मात्रामा प्रोटिनको उत्पादन गर्दछ, जसले शरीरमा विभिन्न रोगको संक्रमण तथा रक्तस्राव हुनबाट जोगाउँछ ।

तर अत्यधिक मात्रामा जंकफुडको सेवनले कलेजोमा बोसो जम्ने गर्छ, र कलेजोले सही तरिकाले काम गर्न नसक्दा शरीरमा विषाक्तता जम्मा हुने गर्छ ।

जंकफुडमा कलेजोलाई किन हानि गर्छ ?

जंकफुडमा ट्रान्स फ्याट हुन्छ । त्यो कलेजोमा जम्मा भएर बस्छ जसको कारणले फ्याटी लिभर, नन–अल्कोहलिक सेतो हेपाटाइटिस हुने सम्भावना हुन्छ ।

कोल्ड ड्रिंक्सले गर्छ कलेजोमा असर 

कोल्ड ड्रिंक्सले हाम्रो कलेजोमा ‘फ्याटी लिभर’को समस्या निम्ताउन सक्छ । कोल्ड ड्रिंक्सको अत्यधिक सेवन गर्दा शरीरमा सुगरको लेभल बढ्ने तथा कलेजोमा बोसो जम्ने समस्या देखा पर्छ ।

कोल्ड ड्रिंक्समा अत्यधिक चिनीको प्रयोग भएको हुन्छ । चिनीमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । जसलाई शरीरले छिटो सोस्छ र रगतमा ग्लुकोजको मात्रा बढाउँछ । यसको अत्यधिक सेवनको मोटोपन बढ्ने र कलेजोमा बोसो जम्न थाल्छ ।

शरीरमा कलेजोको भूमिका

कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो । कलेजोले शरीरमा रहेको विकारहरू हटाउने, पित्त बनाउने, खाना पचाउने, रगत जम्ने पदार्थहरू बनाउने, शरीरलाई चाहिने प्रोटिन, आल्बुमिन, भिटामिन जस्ता पदार्थ बनाउने र ग्लुकोज, फ्याट बनाउने र स्टोर गर्ने काम गर्छ ।

कलेजोले कसरी खानेकुरा पचाउँछ ?

हामीले खाएको खानेकुराहरूलाई कलेजोले पचाएर पित्त बनाउँछ र त्यो पित्त थैली हुँदै आन्द्रामा पुग्छ । यसरी पित्त थैली हुँदै आन्द्रामा पुगेको खानेकुरा विषाक्त पदार्थको रूपमा शरीरबाट बाहिर निस्कने गर्छ ।

जब कलेजो खराब हुन्छ

जन्डिस भयो, पेट फुल्ने, पेटमा पानी जम्ने, हात गोडा सुन्निने, खाना नरुच्ने, रगत बान्ता हुने, थकान महसुस हुने, शरीर गल्ने र शरीरको कुनै भागमा काट्यो भने रगत बगिरहन्छ भने कलेजो खराब भएको हुन सक्छ ।

कस्तो खानेकुरा कलेजो मैत्री ?

पोषिलो तथा स्वास्थ्यकर खाना जस्तै हरियो सागपात, फलफूल, रेसादार खानेकुरा, माछा मासु र गेडागुडी कलेजोमैत्री मानिन्छ ।

कलेजो शुद्धीकरण गर्ने खाना

पाचन प्रक्रियामा सघाउ पुर्‍याउनेदेखि शरीरलाई विकाररहित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कलेजोलाई स्वस्थ राख्न शुद्ध खानेकुरामा जोड दिनुपर्छ । यसका लागि हरियो सागपात, ब्रोकाउली, एभोकार्डो, चुकन्दर र गाँजर जस्ता खानेकुरा खानुपर्छ ।

यस्ता खानेकुरामा ग्लुटाथियोन नामक प्रोटिन पाइन्छ, जसले कलेजोमा जम्मा भएका विकार बाहिर फाल्न मद्दत गर्छ । कलेजोलाई शुद्धीकरण गर्छ ।

कलेजो कोल्ड ड्रिंक्स जंकफुड
लेखक
डा. अनिशा तिवारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

दशैंमा गर्भवती महिलाले यात्रा गर्न मिल्छ ?

दशैंमा गर्भवती महिलाले यात्रा गर्न मिल्छ ?

के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ?  ९ मिथक र सत्य जानौं

के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ? ९ मिथक र सत्य जानौं

वायु प्रदूषणको असर : समयभन्दा छिटो बुढो हुँदै मुटुका रक्तनली

वायु प्रदूषणको असर : समयभन्दा छिटो बुढो हुँदै मुटुका रक्तनली

आन्दोलनका घाइतेको उपचारका लागि फरच्युना हेल्थकेयरले दियो नि:शुल्क सिरिन्ज

आन्दोलनका घाइतेको उपचारका लागि फरच्युना हेल्थकेयरले दियो नि:शुल्क सिरिन्ज

समय नपुगी जन्मिएका बच्चामा हुन्छ फोक्सोको संक्रमण, के हुन्छ उपचार ?

समय नपुगी जन्मिएका बच्चामा हुन्छ फोक्सोको संक्रमण, के हुन्छ उपचार ?

भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?

भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?