+
+

नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १८:३४

९ भदौ, काठमाडौं । प्रहरीले हराएको नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका-१ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्‍ने २३ वर्षीय बिनी बहादुर कार्की रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्कीले पीडित सन्दीप न्‍यापानेको नाममा जिल्ला प्रशासन कार्यालय पर्वतबाट जारी गरेको नागरिकता दुरूपयोग गरी कल्‍याण सेवा प्रालि नामक जब सेन्टर सञ्‍चालन गर्दै आएको प्रहरीको दाबी छ ।

पक्राउ गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?