
१४ भदौ, काठमाडौं । सानिमा बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । १४ भदौ मंगलबारका दिन नेप्से र सानिमा बैंकबीच ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो ।
बैंकले १०.२५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नाम दिइएको उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।
नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै १५ भदौ बुधबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4