+
+

मेयर बालेनले गरे विपद् व्यवस्थापन विभागलाई नयाँ दमकल हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १७:१९

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले विपद् व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गरेका छन् ।

बिहीबार एक कार्यक्रमका बीच मेयर साहले नयाँ दमकलको साँचो विपद् व्यवस्थापन विभागलाई हस्तान्तरण गरेका हुन् ।

नयाँ दमकल थपिएसँगै महानगर लगायत अन्य छिमेकी पालिकामा समेत आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्धत पुग्ने मेयर साहको भनाइ थियो ।

दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामासमेत लाभ पुग्ने उपमेयर सुनिता डंगोलको भनाइ थियो ।

महानगरले दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरेको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको महानगरले जनाएको छ । नयाँ दमकलको इन्जिन क्षमता २७० एचपी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?