+
+

बलिउडले नेपालीलाई चौकीदार मात्र देख्यो, तर अब समय बदलिएको छ

मयूर लुखर मयूर लुखर
२०७९ भदौ १७ गते १४:०२

मुम्बई । विशाल जनसंख्या र बढ्दो फिल्म साक्षरताले भारतलाई विश्व फिल्मका लागि बृहत बजार बनाउँदैछ । हिमालय क्षेत्रमा भारतको छिमेकी नेपाल लामो समयदेखि भारतीय फिल्म, विशेषगरी हिन्दी सिनेमाबाट प्रेरित छ । धेरै भारतीय फिल्मले नेपालको प्राकृतिक सौन्दर्यलाई समेटेका छन् । धेरै रोमान्टिक गीतमा नेपाल देखाइएका छन् ।

धेरै हदसम्म एकतर्फी रुपमा सांस्कृतिक आदानप्रदान त भएको छ, तर प्रियंका चोपडाले नेपाली भाषाको फिल्म ‘पाहुना’ निर्माण गरेपछि परिस्थितिमा केही परिवर्तन आएको छ । केही नेपाली कलाकारले हिन्दी फिल्ममा अभिनय गरेका छन् । पाका नेपाली अभिनेता सुनिल थापाको भारतसँग लामो समयदेखि सम्बन्ध छ । उनले सन् २०१४ को बायोपिक फिल्म ‘मेरी कोम’मा प्रियंका चोपडाको बुबाको भूमिका निभाएका थिए ।

अब भारतीय दर्शकले चाँडै नै नेपाली अभिनेता थापा र अन्य प्रतिभालाई हेर्न पाउनेछन् । ‘प्रेमगीत ३’ भारतीय थिएटरमा रिलिज हुने पहिलो इन्डो-नेपाली फिल्म हुनेछ । लोकप्रिय नेपाली फिल्मको फ्रेन्चाइजलाई भारतमा ल्याउनका लागि निर्माता सुभाष कालेले आफ्ना नेपाली समकक्षीसँग सहकार्य गरेका छन् ।

‘प्रेमगीत ३’ मा चर्चित अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङले अभिनय गरेका छन् । फ्रेन्चाइजको तेस्रो फिल्म पिरियड र एक्सन ड्रामा हो । खड्का, गुरुङ, थापा, निर्माता तथा सहनिर्देशक सन्तोष सेनले बिहीबार मुम्बईमा ट्रेलर रिलिज गरे ।

हिजोआज भारतीयले विभिन्न सामग्रीको स्वाद प्राप्त गरेका छन्, तर त्यहाँ पनि एक समय थियो, विशेषगरी ८० र ९० को दशक जहाँ नेपाली, मंगोलियन विशेषता भएका उत्तरपूर्वी क्षेत्रका नेपालीलाई हिन्दी सिनेमामा प्रायः कमजोर रुपमा देखाइने गरिन्थ्यो ।

अंग्रेजीभन्दा टुटेफुटेको हिन्दी भाषामा बोल्ने इच्छा व्यक्त गर्दा प्रदीप खड्काले भारतीय सञ्चारमाध्यमबाट हौसला पाएका थिए । यो भारतीय मिडिया र यसका दर्शकलाई अपील गर्ने राम्रो तरिका हो । साँच्चै भन्नुपर्दा हामीले प्रदीप खड्कालाई उनको हिन्दी लवजमा निकै प्रभावशाली पाएका छौं ।

भारतीय फ्यानले नेपाली फिल्मको डब गरिएको हिन्दी संस्करण हेर्न पाउनेछन् । हिमालय परिवेशको प्राकृतिक आकर्षण छ, तर यो ‘हिमालयको रहस्यमयी कथा’ थियो जसले हामीमा जिज्ञासा जगायो । एक साधारण खोज, जसले नेपाल, तिब्बत, भुटान र भारतमा लुकेको उपत्यका भएको पत्ता लगायो ।

के यो पिरियड ड्रामाले यस्तै लुकेको उपत्यकाको कथा भन्छ ?

‘यो नेपालको काल्पनिक संसार हो । हाम्रो देश सात राज्य मिलेर बनेको छ । हामीले सातवटा गाउँमा कथा राखेका छौं । त्यसैले हाम्रो फिल्म हाम्रो क्षेत्रको भूराजनीतिबाट प्रभावित वा प्रेरित छ । सन् २०११ मा नेपालमा संकटकाल थियो । यो एकखाले गृहयुद्ध थियो । तपाईंले हाम्रो फिल्ममा विद्रोहीलाई कालो रङमा देख्नुहुन्छ । त्यतिबेला राजतन्त्र थियो र तत्कालीन राजाका छोरा थिए । हाम्रो फिल्ममा पनि यस्तै देख्नुहुनेछ । हामीले हाम्रो कथा सिर्जना गर्न नेपाली इतिहासको सानो अंशलाई प्रयोग गरेका छौं,’ खड्काले भने ।

नेपाल र भारत दुवै स्वतन्त्र मुलुक हुन् । धेरैजसो देशमा लोकतान्त्रिक शासन व्यवस्था छ, तर किन धेरै मानिस राजतन्त्रको बारेमा फिल्महरु÷श्रृङ्खलाहरू विशेषगरी ती ड्रागनहरु जसलाई अन्य काल्पनिक प्राणीहरू देखेर मोहित हुन्छन् ?

‘मानिसहरू सधैं राजा र रानीहरूको जीवन र समय, जीवनशैलीको बारेमा जान्न उत्सुक हुन्छन् । तपाईंको फिल्ममा यी सामग्री हुनुपर्छ, तर मनोरञ्जनात्मक पनि हुनुपर्छ । अनि तपाईंका पौराणिक जीवले दर्शकलाई आकर्षित गर्छन्,’ खड्काले भने । ‘माइनस द डगन’ भनिने यस्तो प्रकारको नेपाली फिल्म ‘प्रेम गीत’लाई नेपालको पहिलो फिल्म पनि भनिएको छ ।

‘बलिउड सय वर्ष पुरानो भइसकेको छ । नेपाली फिल्म करिब ५०-६० वर्षको छ । हामीले समाजलाई प्रतिबिम्बित गर्ने धेरै फिल्म देखेका छौं । मलाई लाग्छ अब मानिस पौराणिक विषयवस्तुतर्फ आकर्षित भएका छन्,’ खड्काले भने ।

हिजोआज भारतीयले विभिन्न सामग्रीको स्वाद प्राप्त गरेका छन्, तर त्यहाँ पनि एक समय थियो, विशेषगरी ८० र ९० को दशक जहाँ नेपाली, मंगोलियन विशेषता भएका उत्तरपूर्वी क्षेत्रका नेपालीलाई हिन्दी सिनेमामा प्रायः कमजोर रुपमा देखाइने गरिन्थ्यो ।

प्रदीप खड्का नेपाली कलाकारको नयाँ पुस्ताको हिस्सा हुन्, तर उनले पहिलेका हिन्दी फिल्ममा भएको आफ्नो समुदायको कमजोर प्रस्तुतीकरणलाई स्वीकार गरे ।

उनी भन्छन्, ‘हामीसँग नेपालमा पनि यस्तो स्टेरियोटाइपिङ छ । उदाहरणका लागि म एक रोमान्टिक नायकको रूपमा चित्रित गरिएको छु, जसले प्रेमकथाबाहेक अरू केही गर्न सक्दैन । हालै मैले फरक फिल्म गरें, त्यो निकै सफल भयो ।’

यस्तो स्टेरियोटाइपिङ खालको फिल्म अहिले विगत भइसकेको खड्काको विश्वास छ ।

‘प्रायः फिल्ममा समुदायलाई गलत रूपमा प्रस्तुत गरिन्छ । मलाई याद छ कि कसरी नेपाली पुरुषलाई सुरक्षा गार्डको रूपमा स्टेरियोटाइप गरिएको थियो,’ अभिनेता खड्का भन्छन्, ‘अब पुस्ता परिवर्तन भएको छ । यस्तो स्टेरियोटाइपिङ ८०-९० को दशकमा बलिउडमा थियो । अहिलेको पुस्ताले यी कुरामा ध्यान दिइरहेको छ । त्यसैले धेरैजसो फिल्मले सामाजिक, धार्मिक, जातीय भावनाको ख्याल राख्छन् ।

प्रदीप खड्का भन्छन्- मानिसले ताजा कन्टेन्टको स्वाद चाख्ने बानीको विकास गरेका छन् । त्यसैले मलाई लाग्छ कि हाम्रा लागि भारतीय बजारमा आफूलाई चिनाउने सही समय यही हो । भारतीय दर्शक नयाँ सामग्री अन्वेषण गर्न खुला छन् ।

फिल्ममा क्रिस्टिना गुरुङ एकदमै नरम र लजालु युवतीको रुपमा देखिएकी छन् । हामीले उनलाई अलि चर्को बोल्न आग्रह गर्‍यौं ताकि हामीले उनको कुरा सुन्न सकौं ।

‘म पनि मंगोल समुदायबाट आएकी हुँ । मलाई विश्वास छ कि यस्तो स्टेरियोटाइपिङ विगतमा भएको थियो । मैले अहिले त्यो देखेको छैन,’ गुरुङले भनिन् ।

यो त सुखद् अवसरको कुरा हो तर नेपाली स्टारले आफ्नो फिल्म भारतमा रिलिज गर्नु पनि जोखिमको विषय होइन र ?

खड्का भन्छन्, ‘कोभिडपछि दर्शकको स्वाद परिवर्तन भएको छ र त्यो धेरै हदसम्म ओटीटी प्लेटफर्मको कारण भएको हो । भारत मात्र होइन, नेपालमा पनि फिल्म साक्षरतामा परिवर्तन भएको छ । क्लिक गरिएको सामग्रीले दर्शकलाई धेरै अपील गर्दैन । भारतमा पनि त्यस्तै छ भन्ने मलाई लाग्छ ।’

उनी थप्छन्, ‘मानिसले ताजा कन्टेन्टको स्वाद चाख्ने बानीको विकास गरेका छन् । त्यसैले मलाई लाग्छ कि हाम्रा लागि भारतीय बजारमा आफूलाई चिनाउने सही समय यही हो । भारतीय दर्शक नयाँ सामग्री अन्वेषण गर्न खुला छन् । मलाई लाग्दैन कि भारतीय दर्शकले हिमालयको परिवेशमा धेरै फिल्म हेरेका छन् । यो फिल्म उनीहरुका लागि भिजुअल ट्रिट हुनेछ ।’

तर बलिउडमा ठूला सुपरस्टार असफल भइरहेका बेला नेपाली फिल्मले भारतीय दर्शकबाट के अपेक्षा गर्न सक्छ ?

‘हेर्नुहोस्, यदि त्यहाँ आकर्षक विचार छ भने मलाई लाग्दैन कि संसारको कुनै पनि सेनाले पनि रोक्न सक्छ,’ उनले भने ।

‘प्रेमगीत ३ एक विचार हो । भारतीय दर्शकले हिमालयको संस्कृति बुझ्न चाहन्छन् र यो फिल्म राम्रो परिचय हो भन्ने मलाई विश्वास छ । हामीले भारतलाई उनीहरूको फिल्मबाट बुझेका छौं । त्यसैगरी भारतीय दर्शकले हाम्रो फिल्मबाट नेपाल बुझ्न सक्छन्,’ खड्काले भने ।

१०२ दिनसम्म बरफको चिसो तापक्रममा फिल्मको सुटिङ गर्दा उनीहरूको कष्टप्रद सुटिङ अनुभव पनि फिल्म टिमले बाँड्यो । चिसो पहाडमा यति धेरै समय बिताएपछि कसैले पौराणिक यती देखे ?

‘होइन, हामीले यती देखेका छैनौं । तर हामी आफैं यती बन्ने जोखिममा दौड्यौं,’ खड्काले ठट्टा गरे । यद्यपि पिल्म छायांकन टोलीलाई कठिन समय थियो र छायांकारलाई त हृदयघात पनि भयो ।

‘चिसो तापक्रममा सुटिङ गर्न गाह्रो हुन्छ । हाम्रो छायांकारको रगत जमेको थियो । उनलाई हृदयघात पनि भएको थियो । ६ दिनसम्म यति धेरै हिमपात भयो, हामीसँग फोन थिएन, इन्टरनेट थिएन । हामीले उद्धारका लागि हेलिकप्टर पनि बोलाउन सकेनौं । उहाँले रक्सी पनि पिउनु हुँदैनथ्यो, उहाँलाई चिसो भयो । मलाई आशा छ कि दर्शकले जोखिमपूर्ण प्रयासलाई सम्मान गर्नेछन् । मानिसहरूले भीएफएक्समा ठूलो रकम खर्च गरे, तर तपाईंले हाम्रो फिल्ममा के देख्नुहुनेछ त्यो प्रायः प्राकृतिक नै हो,’ उनले भने ।

हामीले देख्यौं कि निर्देशक छेतेन र क्रिस्टिनाको एउटै थर गुरुङ छ । यसो हुनुमा केही सम्बन्ध छ ? क्रिस्टिनाले नातावादी आशयबाट सोधिएको प्रश्नको धारणा जतिसक्दो चाँडो हटाइन् । भनिन्, ‘मेरी आमा खड्का हुन् । मेरो बुवा गुरुङ हुनुहुन्छ । त्यसैले आधा सम्बन्ध प्रदीपसँग र आधा छेतन सरसँग छ । तर म निर्देशक वा कसैसँग सम्बन्धित छैन ।’

क्रिस्टिना चाँडो रिसाउँछिन् । आफ्नो पेटमा पुतली नाच्ने भएकाले चाँडो रिसाउने जवाफ उनले फर्काइन् । भारतीय सञ्चारमाध्यममा नेपालका धेरै कलाकारले त्यस्तो ध्यान पाएका छैनन् । क्रिस्टिनाले ‘प्रेमगीत ३’बाट फिल्ममा डेब्यु गरेकी हुन् । उनले सानैदेखि फिल्म खेल्ने आकांक्षा राखेकी थिइन्, तर उनले यस्ता प्रस्तावबाट पछि हटिन् ।

‘मैले सारी, सल लगाएर पहाडमा नाचेको सपना देख्थें । स्वभावले म सधैं लजालु थिएँ । मैले पहिले मौका पाएको थिएँ, तर मैले मेरो पढाइमा ध्यान केन्द्रित गर्न पछि हटें,’ क्रिस्टिनाले भनिन्, ‘अमेरिकाभन्दा बाहिर म फिल्ममार्फत मेरो देशसँग जोडिएको छु । त्यसैले मैले अभिनय गर्ने जोशलाई पुनः विकास गरें । म अझै पनि पहिलेको मौका गुमाएको देखेर पछुताउँछु ।’

सांस्कृतिक आदानप्रदान मानिसबीचको सम्बन्ध निर्माण गर्न महत्वपूर्ण छ । हामी प्रदीप खड्का, क्रिस्टिना गुरुङ र टिम ‘प्रेमगीत ३’लाई भारतमा स्वागत गर्दछौं । ‘प्रेमगीत ३’ यही सेप्टेम्बर २३ मा विश्वभरका थिएटरमा रिलिज हुँदैछ ।

(बियोन्ड बलिउडमा प्रकाशित यो आलेखको विष्णु शर्माले भावानुवाद गरेका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?