+

एम्बाप्पे भन्छन् : पैसाका लागि होइन, राष्ट्रपतिको आग्रहले पीएसजीमै बसें

२०७९ भदौ  २१ गते १९:०१ २०७९ भदौ २१ गते १९:०१
एम्बाप्पे भन्छन् : पैसाका लागि होइन, राष्ट्रपतिको आग्रहले पीएसजीमै बसें

२१ भदौ, काठमाडौं । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन् (पीएसजी)ले सुपरस्टार केलियन एम्बाप्पेसँग सम्झौता गर्दाको आर्थिक लेनदेनको वास्तविक आँकडा सार्वजनिक भएको छ ।

यी फ्रान्सेली स्ट्राइकर यो सिजन रियल मड्रिडसँग सम्झौतानजिक पुगेका थिए । तर, उनले पीएसजीबाटै निरन्तरता दिने निर्णय गर्नु धेरैका लागि आश्चर्यजनक देखिएको थियो ।

न्युयोर्क टाइम्सको मंगलबारको अंकमा प्रकाशित बिस्तृत अन्तर्वार्तामा उनले आफ्नो सम्झौताभित्रको नखुलेका तत्वबारे खुलेर कुराकानी गरेका छन् ।

न्युयोर्क टाइम्सअनुसार पीएसजीबाट एम्बाप्पेले तीन वर्षमा २५० मिलियन अमेरिकी डलर पारिश्रमिक पाउनेछन् । यो रकम हरेक वर्ष ८३ मिलियन डलरको रुपमा हुन आउँछ ।

एम्बाप्पेले पीएसजीमै रहने निर्णय गरेपछि केहि सञ्चारमाध्यमले कतारी मालिकबाट ठूलो रकमको प्रस्तावलाई प्रमुख कारणका रुपमा प्रचार गरेका थिए ।

न्युयोर्क टाइम्सका अनुसार एम्बाप्पेले साइन–अन बोनसका रुपमा पीएसजीबाट १२५ मिलियन अमेरिकी डलर पाएका छन् । यो रकम विश्व खेलकुद इतिहासमा सर्वाधिक बोनस हो ।

यद्यपी अन्तर्वार्ताका क्रममा उनले आफ्नो पीएसजी निरन्तरता पैसाबाट निर्देशित नभएको दावी गरेका छन् । ‘म जहाँ गए पनि पैसा त पाउँछु नै । म जुन क्लबमा भए पनि राम्रो रकम पाउने खेलाडी हुँ,’ उनले भनेका छन् । उनले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले टेलिफोन गरी पीएसजीमै रहन आग्रह गर्दा आफूलाई विश्वास नै नभएको बताए ।

‘आफ्नो करिअरको बारेमा राष्ट्रपतिसँग कुरा गर्न पाउँछु भनेर मैले कहिल्यै सोचेको थिइनँ । वास्तवमै यो अविश्वसनीय थियो,’ राष्ट्रपतिको टेलिफोनबारे एम्बाप्पेले भने, ‘उहाँले मसँग भन्नुभयो कि तिमी यहीँ रहनु । किनभने देशका लागि तिमी यहीँ रहनु महत्वपूर्ण छ । निश्चित रुपमा राष्ट्रपतिले यसो भन्नुले धेरै अर्थ राख्नेछ ।’

एमबाप्पे पीएसजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय