+
+

‘बह्मास्त्र’ बन्यो पहिलो सप्ताहन्त सबैभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १६:०८

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ले बलिउडलाई उद्धार गर्ने स्पष्ट संकेत देखिएको छ ।

फिल्मको हिन्दी संस्करणले मात्र पहिलो सप्ताहन्त ११० करोड भारु नेट कमाइ गरेको छ । पहिलो दिन ३२ करोड, दोस्रो दिन ३७ करोड र तेस्रो दिनमा ४१ करोड नेट कलेक्सन छ ।

फिल्मले भारतभर पहिलो सप्ताहन्त १२५ करोड ग्रस कमाएको छ । शुक्रबार ३७ करोड, शनिबार ४२ करोड र आइतबार ४५ करोड नेट छ । दक्षिण भारतमा मात्र पहिलो सप्ताहन्त १५ करोड कमाइ छ ।

‘ब्रह्मास्त्र’ अहिलेसम्मकै उच्च सप्ताहन्त ओपनिङ गर्ने पहिलो हिन्दी फिल्म समेत बनेको छ । ‘सञ्जु’ले १२० करोड, ‘टाइगर जिन्दा है’ले ११४.९३ करोड, सुल्तानले १०५.५५ करोड र दंगलले १०४.५३ करोडको सप्ताहन्त ओपनिङ गरिसकेका छन् ।

तर कन्नड फिल्म केजीएफ च्याप्टर २ ले पहिलो सप्ताहन्त १४३.६४ करोड ओपनिङ गरेको थियो । ‘ब्रह्मास्त्र’ले पहिलो सप्ताहन्त विश्वभर २२५ करोड भारु कमाएको छ ।

कमजोर समीक्षा र फिल्म बहिष्कारको अभियानले पनि ‘ब्रह्मास्त्र’को कमाइलाई रोक्न सकेन । नेपालमा फिल्मले सुरुवाती दुई दिनमा २ करोड कमाएपछि आइतबारदेखि भने व्यापारमा गिरावट आएको छ ।

वितरण स्रोतका अनुसार नेपालमा ‘ब्रह्मास्त्र’ले विकडेज सुरु भएपछि ४० प्रतिशत अकुपेन्सीमा प्रदर्शन गरिरहेको छ । विकेन्डमा उछाल कमाइ गरे पनि आइतबारदेखि भने व्यापारमा गिरावट छ ।

बलिउड फिल्म उद्योग मात्र होइन, अभिनेता रणवीर कपुरलाई पनि ‘ब्रह्मास्त्र’ले ठूलै राहत दिएको छ । यस वर्ष करण जोहरको धर्मा प्रोडक्सनका दुई फिल्म सय करोड क्लबमा प्रवेश गरे, जसमा सूर्यवंशी र ब्रह्मास्त्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?